Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखपढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा


    आइतबार, असार १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग लिएको एक लाख ७५ हजार घुस रकम सहित पक्राउ परेका मनमैजुस्थित काठमाडौं नापी कार्यालयका नापी सर्वेक्षक रेमश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा उपरकोटीले कार्कीमार्फत घुसररिसवत बुझेका थिए । अख्तियारका अनुसार सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो जरिवाना सजायसमेत हुने गरि विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार