Nepal Face
  • शनिबार, १ कार्तिक २०८३
  • जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ


    शनिबार, कार्तिक १ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

    पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो।

    सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।

    सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो।

    श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार