Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • इतिहासलाई अवमूल्यन गर्न खोजियो, मुलुकमा फेरि नयाँ परिस्थिति बन्छ- प्रचण्ड


    शनिबार, कार्तिक ८ २०८३
    20
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्।

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गर्दै जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गरे।

    प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै उनले शुरुवाती दिनमा सिमित संख्यामा रहेका कार्यकर्ताबाट शुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भई मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको बताए।

    इतिहासमा आफ्नो पार्टीले खेलेको भूमिका र विचारको महत्वलाई अवमूल्यन गर्न खोजिएको टिप्पणी गरे।

    वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार