Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चाँदीसहित ४ जना भारतीय नागरिक हेटौंडामा पक्राउ


    आइतबार, कार्तिक ९ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् ।

    विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साहको कमान्डमा खटिएको प्रहरीले बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ च. ७०७९ नम्बरको सानो भ्यान गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार भारतीय नागरिकलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार