Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • भूमिगत जलस्रोत कार्यालयका प्रमुख ढकाल र अधिकृत चौधरीबिरुद्ध मुद्दा दायर


    बुधबार, भाद्र १० २०८३
    305
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । डिप बोरिङ तथा मोटर जडान कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी सहज गराइदिने भनी ७ लाख ५० हजार घुस लिइसकेपछि पक्राउ परेका भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    रकम भुक्तानी गर्ने क्रममा दुस्ख हैरानी दिई सेवाग्राहीसँग बार्गेनिङ गरी गराई ७ लाख ५० हजार रूपैयाँ लिएको पुष्टि भएकाले अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको सिलसिलामा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीसमेतको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यको लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरू गठन गराइएको थियो ।

    कागजमा देखाउने प्रयोजनका लागि मात्र तत्तत् उपभोक्ता समितिहरू गठन गरी उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा तयार गर्नु गराउनुपर्ने कागजातहरू आफैंले तयार गरी गराई जल उपभोक्ता समितिको छाप र अध्यक्षको सही गरी गराई भुक्तानी दिए दिन लगाए वापत ढकाल र चौधरीले घुस बार्गेनिङ गरी लिएका थिए ।

    ढकाल र चौधरीबिरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार ७ लाख ५० हजार नै बिगो मागदाबी लिई बुधबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार