काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्त पद ८ महिनादेखि रिक्त छ । आयुक्त किशोर सिलवाल ६५ बर्षे उमेरहदले २०८२ मंसिरमा निवृत्त भएपछि रिक्त रहेको आयुक्त पदमा तत्कालीन सुशीला कार्की नेतृत्वको चुनावी सरकारले नियुक्त गर्ने अवस्था थिएन ।
चुनावपछि बनेको रास्वपा नेतृत्वको सरकारले पनि रिक्त आयुक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन । ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाको बहुमत हुने अध्यादेश जारी गरी निर्वाचन आयोगमा रिक्त प्रमुख आयुक्त र २ आयुक्त नियुक्ति सिफारिस गरी उनीहरु नियुक्त भइसकेका छन् ।
सरकारले संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राख्ने र बैठकमा अध्यक्ष र कम्तीमा तीन सदस्य उपस्थित हुँदा बैठक गणपूरक मानिने व्यवस्थासहितको अध्यादेश जारी गरी उनीहरुलाई नियुक्त गरेको थियो । तर अख्तियारको आयुक्त रिक्त भए पनि नियुक्ति गरेको छैन ।
अख्तियारको रिक्त आयुक्तमा वर्तमान मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री वालेन्द्र शाह रहेको उच्च स्रोतको दाबी छ । उनलाई प्रमुख आयुक्त नै बनाउनेगरी अख्तियारको रिक्त आयुक्तमा नियुक्ति गर्ने तयारी अन्तर्गत तै मुख्यसचिव बनाइएको खुलेको छ ।
निजामती सेवा ऐनमा संशोधन गर्दै कर्मचारीको अवकाशको उमेर ३० बर्ष सेवावधि र ५५ बर्ष कायम गर्ने निश्चित भइसकेपछि पनि उनलाई असार अन्तिममा मुख्यसचिव बनाउनुको उद्देश्य अख्तियारको प्रमुख आयुक्त बनाउने रहेको स्रोतको भनाइ छ । संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत् निजामती सेवा ऐन संशोधन केही दिनभित्रै भएमा ५६ बर्षका कार्की अवकाश हुनेछन् ।
कुलिङ पिरियडसमेत राखिएमा मात्र उनी अख्तियारमा नियुक्ति हुने बाटो बन्द हुनेछ । तर सरकारले कार्कीलाई अख्तियारमा लाने तय गरिसकेको स्रोत बताउँछ ।
अख्तियारको रिक्त आयुक्तमा वालेन्द्र नेतृत्वको सरकारले उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरलाई नियुक्त गर्ने चर्चा हुँदैआएको थियो । तर जसरी सबैलाई आश्चर्यमा पारी कार्कीलाई मुख्यसचिव बनाइयो, त्यसैगरी अख्तियारको आयुक्तमा पनि उनैलाई लाने तयारी भइरहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नियुक्ति भएकै भोलिपल्ट २०८२ चैत १४ गते शासकीय सुधारका १ सय सूची तयार गर्न अहोरात्र खटेकाले कार्कीलाई मुख्यसचिव बनाइएको अनुमान गरिएको थियो । कार्कीका कामबाट खुसी भएकाले अख्तियारमा नेतृत्व गर्नेगरी उनलाई नियुक्ति सिफारिस हुने स्रोतको दाबी छ ।
६ महिनापछि २०८३ माघ २० गते प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द ६ बर्षे पदावधिले बिदा हुनेछन् । आयुक्तद्वय डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य २०८३ बैशाख २५ गतेमात्र ६ बर्ष पदावधि पुगेर बिदा हुनेछन् ।
कार्कीलाई आयुक्तमा नियुक्ति गरी आगामी माघ २० गते प्रमुख आयुक्त नियुक्ति गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ । यद्यपि अख्तियारको आयुक्त हुने भनेर चर्चामा ल्याइएकाहरुमा नेपाल प्रहरीका पूर्व एआईजीत्रय प्रद्युम्न कार्की, सुदीप गिरी र मिरा चौधरी पनि छन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यन्जनकार भने कार्कीलाई आयुक्त बनाउनुपर्ने पक्षमा रहेको बताइन्छ । रास्वपा रवि लामिछाने निकट रहेका विवादित पूर्वएआईजीपी श्यामलाल ज्ञवाली पनि दौडधूपमा लागेको स्रोत बताउँछ ।
काठमाडौं । नेपाल प्रहरीले इलाका, जिल्ला र प्रदेशमा सरुवा गरेका इन्चार्जहरुले सम्बन्धित कार्यालयमा कार्यरत प्रहरीलाई नै कार्यक्षेत्रमा परिचालन गर्नुपर्नेमा आफूसँगै आफ्नानिकट प्रहरीलाई पनि लिएर...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मन्त्री निशा मेहताले सुरुदेखि नै सचिव डा. विकास देवकोटाको सहयोग पाउन सकेकी छैनन् । स्वास्थ्य वीमा बोर्डमा तत्कालीन...
काठमाडौं । रेमिट्यान्सका भरमा देश चलेको छ । तर त्यही रेमिट्यान्स भित्र्याउने कामदार बिदेश पठाउन सहजीकरण गर्ने म्यानपावरहरु सरकारको दम्भले गर्दा आजदेखि बन्द भएका...
काठमाडौं । स्वास्थ्य सेवा बिभाग आफ्नै क्रियाकलापले अस्वस्थ भएको छ । कार्य ब्यवहार सन्तोषजनक नभएका कारण उपसचिव मोहन कोइरालालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा...
भूपू प्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फिर्ता भएका छन् । जेनजी प्रदर्शनपछि उपचारका निम्ति विदेश पुगेका उनी साउन २८ गते नेपाल आएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend