काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्त पद ८ महिनादेखि रिक्त छ । आयुक्त किशोर सिलवाल ६५ बर्षे उमेरहदले २०८२ मंसिरमा निवृत्त भएपछि रिक्त रहेको आयुक्त पदमा तत्कालीन सुशीला कार्की नेतृत्वको चुनावी सरकारले नियुक्त गर्ने अवस्था थिएन ।
चुनावपछि बनेको रास्वपा नेतृत्वको सरकारले पनि रिक्त आयुक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन । ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाको बहुमत हुने अध्यादेश जारी गरी निर्वाचन आयोगमा रिक्त प्रमुख आयुक्त र २ आयुक्त नियुक्ति सिफारिस गरी उनीहरु नियुक्त भइसकेका छन् ।
सरकारले संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राख्ने र बैठकमा अध्यक्ष र कम्तीमा तीन सदस्य उपस्थित हुँदा बैठक गणपूरक मानिने व्यवस्थासहितको अध्यादेश जारी गरी उनीहरुलाई नियुक्त गरेको थियो । तर अख्तियारको आयुक्त रिक्त भए पनि नियुक्ति गरेको छैन ।
अख्तियारको रिक्त आयुक्तमा वर्तमान मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री वालेन्द्र शाह रहेको उच्च स्रोतको दाबी छ । उनलाई प्रमुख आयुक्त नै बनाउनेगरी अख्तियारको रिक्त आयुक्तमा नियुक्ति गर्ने तयारी अन्तर्गत तै मुख्यसचिव बनाइएको खुलेको छ ।
निजामती सेवा ऐनमा संशोधन गर्दै कर्मचारीको अवकाशको उमेर ३० बर्ष सेवावधि र ५५ बर्ष कायम गर्ने निश्चित भइसकेपछि पनि उनलाई असार अन्तिममा मुख्यसचिव बनाउनुको उद्देश्य अख्तियारको प्रमुख आयुक्त बनाउने रहेको स्रोतको भनाइ छ । संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत् निजामती सेवा ऐन संशोधन केही दिनभित्रै भएमा ५६ बर्षका कार्की अवकाश हुनेछन् ।
कुलिङ पिरियडसमेत राखिएमा मात्र उनी अख्तियारमा नियुक्ति हुने बाटो बन्द हुनेछ । तर सरकारले कार्कीलाई अख्तियारमा लाने तय गरिसकेको स्रोत बताउँछ ।
अख्तियारको रिक्त आयुक्तमा वालेन्द्र नेतृत्वको सरकारले उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरलाई नियुक्त गर्ने चर्चा हुँदैआएको थियो । तर जसरी सबैलाई आश्चर्यमा पारी कार्कीलाई मुख्यसचिव बनाइयो, त्यसैगरी अख्तियारको आयुक्तमा पनि उनैलाई लाने तयारी भइरहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नियुक्ति भएकै भोलिपल्ट २०८२ चैत १४ गते शासकीय सुधारका १ सय सूची तयार गर्न अहोरात्र खटेकाले कार्कीलाई मुख्यसचिव बनाइएको अनुमान गरिएको थियो । कार्कीका कामबाट खुसी भएकाले अख्तियारमा नेतृत्व गर्नेगरी उनलाई नियुक्ति सिफारिस हुने स्रोतको दाबी छ ।
६ महिनापछि २०८३ माघ २० गते प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द ६ बर्षे पदावधिले बिदा हुनेछन् । आयुक्तद्वय डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य २०८४
बैशाख २५ गतेमात्र ६ बर्ष पदावधि पुगेर बिदा हुनेछन् ।
कार्कीलाई आयुक्तमा नियुक्ति गरी आगामी माघ २० गते प्रमुख आयुक्त नियुक्ति गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ । यद्यपि अख्तियारको आयुक्त हुने भनेर चर्चामा ल्याइएकाहरुमा नेपाल प्रहरीका पूर्व एआईजीत्रय प्रद्युम्न कार्की, सुदीप गिरी र मिरा चौधरी पनि छन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यन्जनकार भने कार्कीलाई आयुक्त बनाउनुपर्ने पक्षमा रहेको बताइन्छ । रास्वपा रवि लामिछाने निकट रहेका विवादित पूर्वएआईजीपी श्यामलाल ज्ञवाली पनि दौडधूपमा लागेको स्रोत बताउँछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend