Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • दसैँ पर्व समापन हुँदै, आज कोजाग्रत पूर्णिमा


    आइतबार, कार्तिक ९ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ ।

    टिकाको दिनदेखि आज पुर्णिमासम्म आफन्त र मान्यजनसँग टीका लगाएर दसैँ मनाउने गरिन्छ । धेरै जसोले भने दशमीको दिन मात्र टीका लगाउने गर्दछन् ।

    कोजाग्रतको अर्थ जागा रहने भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात देवी लक्ष्मीले पृथ्वीमा भ्रमण गरी जागा रहेका भक्तजनलाई धन, सुख र समृद्धिको आशीर्वाद दिन्छिन् ।

    दसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा, विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण तथा आशीर्वाद लिने परम्परा रहिआएको छ । कोजाग्रत पूर्णिमासँगै दसैँको टीका लगाउने क्रम पनि समाप्त हुने मान्यता छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार