काठमाडौं । नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेतबिरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले आंशिक सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । बस्नेतसहितका आरोपीलाई आंशिक सफाइ दिने बिशेष अदालतको २०८२ असार ६ को फैसला चित्त नबुझेकाले बुधबार आयोगले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको जनाएको छ ।
बस्नेतसमेतका प्रतिवादीहरुउपर घुस–रिसवत लिई–दिई भ्रष्टाचार गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (ज्ञ) बमोजिमको कसुरमा बिगो रु ९ करोड २२ लाख ४६ हजार ३२ रुपैया र ३३ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय गरी बिगोबमोजिम जरिबाना सजाय र सोही ऐनको दफा २४ बमोजिम थप सजाय मागदाबी लिई आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेतउपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको र सोबाट बढे बढाएको सम्पत्तिसमेत श्रीमती उर्मिला बस्नेतको नाममा राखेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८ करोड ७९ लाख ८७ हजार १ सय पाँच र ७९ पैसा मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजायको माग गरेको थियो ।
बस्नेतले जाँच अवधिमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम असुल उपर गर्न र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती उर्मिला बस्नेतको नाममा राखेको देखिएकाले उर्मिलालाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले मिति २०८२ असार ६ को फैसलाबाट सफाई दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend