काठमाडौं । नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेतबिरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले आंशिक सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । बस्नेतसहितका आरोपीलाई आंशिक सफाइ दिने बिशेष अदालतको २०८२ असार ६ को फैसला चित्त नबुझेकाले बुधबार आयोगले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको जनाएको छ ।
बस्नेतसमेतका प्रतिवादीहरुउपर घुस–रिसवत लिई–दिई भ्रष्टाचार गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (ज्ञ) बमोजिमको कसुरमा बिगो रु ९ करोड २२ लाख ४६ हजार ३२ रुपैया र ३३ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय गरी बिगोबमोजिम जरिबाना सजाय र सोही ऐनको दफा २४ बमोजिम थप सजाय मागदाबी लिई आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेतउपर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको र सोबाट बढे बढाएको सम्पत्तिसमेत श्रीमती उर्मिला बस्नेतको नाममा राखेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८ करोड ७९ लाख ८७ हजार १ सय पाँच र ७९ पैसा मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजायको माग गरेको थियो ।
बस्नेतले जाँच अवधिमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम असुल उपर गर्न र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती उर्मिला बस्नेतको नाममा राखेको देखिएकाले उर्मिलालाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले मिति २०८२ असार ६ को फैसलाबाट सफाई दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend