वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी विकास राईका अनुसार,उक्त क्यासिनोमा नेपाली नागरिकहरुलाई प्रवेश गराई जुवा खेलाईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उक्त क्यासिनोमा पुगेर छापा मारेको थियो।
त्यसक्रममा क्यासिनोमा जुवा खेल्दै गरेका बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८ का रामचन्द्र साह,बाराकै प्रसौनी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ४९ का अच्छेलाल प्रसाद, बाराकै प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४७ का सुवास कुमार, रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ५० का सुमेश्वरनाथ प्रसाद तथा क्यासिनाका कर्मचारी बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ घर भएका ३५ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
पक्राउ गरिएका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको राईले बताए ।
काठमाडौँ । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल बढेको छ । दसैँ...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी)दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend