Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनकोशीमा मोटरबोट पल्टिँदा ३ जनाको मृत्यु, पौडिएर बाँचे चालक


    आइतबार, कार्तिक ९ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ।

    आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणी नजिक दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन।

    तीनै जनाको शव चतरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

    मोटरबोटका चालक सुमन मगर भने पौडिएर बाहिर निस्किएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार ११ जनाको टिकट काटिएको देखिए पनि बोटमा १६ जना सवार रहेको बताइएको छ।

    चालकले प्रहरीलाई बताएअनुसार ११ यात्रु र बाँकी चालकका आफन्त बोटमा सवार थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार