काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को ठूला भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । ५ बर्ष काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त भएर अकूत कमाएका भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अधिकारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार तिवारीको २०४४ सालदेखि २०७८ सालसम्मको सेवावधिमा वैधानिक आम्दानी १४ करोड ५५ लाख ९१ हजार रुपैयाँमात्रै देखिएको छ । तर सोही अवधिमा उनको खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार रुपैयाँ पुगेको पाइएको छ। यसरी हेर्दा आम्दानीभन्दा १० करोड ५४ लाख रुपैयाँ बढी खर्च भएको निष्कर्ष आयोगले निकालेको छ ।
अनुसन्धानका क्रममा तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति आफ्नी श्रीमती मीनादेवी तिवारी र छोरी मीराको नाममा समेत राखेको भेटिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ । आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगोबराबर जरिवाना, कैद तथा थप सजायको माग गरेको छ । साथै, झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा पनि कारबाही माग गरिएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend