काठमाडौं । यातायात कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को एक्सन लिइरहेको छ ।
बुधबारमात्रै अख्तियारको टोलीले यातायात कार्यालय हेटौंडाका अधिकृत अमृत भेटवालले बिचौलिया खगेन्द्र पौडेलसँग सवारी सरुवा सहमति दिनेक्रममा ११ हजार ५ सय घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
बिहीबार अख्तियारले गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याउने यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासमेत ३२ जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
त्यस्तै सुनारबिरुद्ध अख्तियारले अरु २ वटा मुद्दा पनि दर्ता गरेको छ । केही समय अगाडि भारतीय चोरीका तीन वटा गाडी यातायात व्यवस्था कार्यालय नेपालगंजले आर्थिक लेनदेन गरी दर्ता गरेको आरोपमा सुनारसहितका कर्मचारीका बिरुद्ध अख्त्यिारले मुद्दा दर्ता गरेको हो ।
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख तथा हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सहसचिव) लोकबहादुर सुनारसमेत ३३ जनाबिरुद्ध मुद्दा दर्ता गरेको छ ।
अख्तियारले दर्ता गरेको मुद्दा
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend