काठमाडौं । यातायात कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को एक्सन लिइरहेको छ ।
बुधबारमात्रै अख्तियारको टोलीले यातायात कार्यालय हेटौंडाका अधिकृत अमृत भेटवालले बिचौलिया खगेन्द्र पौडेलसँग सवारी सरुवा सहमति दिनेक्रममा ११ हजार ५ सय घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
बिहीबार अख्तियारले गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याउने यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासमेत ३२ जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
त्यस्तै सुनारबिरुद्ध अख्तियारले अरु २ वटा मुद्दा पनि दर्ता गरेको छ । केही समय अगाडि भारतीय चोरीका तीन वटा गाडी यातायात व्यवस्था कार्यालय नेपालगंजले आर्थिक लेनदेन गरी दर्ता गरेको आरोपमा सुनारसहितका कर्मचारीका बिरुद्ध अख्त्यिारले मुद्दा दर्ता गरेको हो ।
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख तथा हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सहसचिव) लोकबहादुर सुनारसमेत ३३ जनाबिरुद्ध मुद्दा दर्ता गरेको छ ।
अख्तियारले दर्ता गरेको मुद्दा
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend