यातायात कार्यालय भरतपुर, इन्सेटमा कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई
भरतपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई प्रवेश परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई पास गराउनका लागि १ लाख ८५ हजार घुस लिइसकेपछि नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरुले महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट संचालन भएको सवारी चालक अनुमतिपत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमतिपत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई पास गराउने गरेको उजुरीपछि अख्तियारले निगरानी गरेको थियो ।
निगरानीकै क्रममा सवारीचालक अनुमतिपत्रको परीक्षामा फेल भएकाहरुलाई पास गराउनका लागि घुस लिइसकेपछि आयोगको टंगालबाट खटिएको टोलीले शुक्रबार यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहायक इन्द्रजित गुरुङको कार्यकक्षबाट रु. १ लाख ८५ हजार रुपैयाँ बरामद गरेको छ । उक्त घुस रकमसहित कार्यालय सहायक गुरुङ र बिचौलिया सुरज पाठकलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यातायात कार्यालय भरतपुरका कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र बिभिन्न ड्राइभिङ सेन्टरका संचालकहरुको बिद्युतीय उपकरण मोबाइल ३१ भन्दा बढी, ल्याप्टप २ थान र अन्य कागजातहरुसमेत बरामद गरेको छ । ल्यापटप र मोवाइलसमेत बरामद गरेकाले ड्राइभिङ सेन्टर र यातायात कार्यालयका प्रमुखसहितका कर्मचारीहरुको मोवाइल फरेन्सिक ल्याबमा पठाएर लाइसेन्समा हुने गरेको अर्को डरलाग्दो सेटिङ भण्डाफोर हुने भएको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend