सञ्जय मिश्रा
रौतहट । रौतहटको यातायात व्यवस्था कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा चरम अनियमितता र अवैध कारोबार चलिरहेको खुलासा भएको छ ।
कार्यालयमा ज्यालादारीमा नियुक्त सरसफाईकर्मी पिन्टु सिंह उर्फ रोशन सिंहले कार्यालय प्रमुख जितेन्द्रकुमार गुप्ताको निकटस्थको रूपमा सेवाग्राहीहरूसँग अवैध रकम असुली गर्दै आएको गम्भीर आरोप लागेको छ ।
स्थानीय स्रोतका अनुसार सिंहले मोटरसाइकल (दुईपाङ्ग्रे) लाइसेन्सका लागि १० हजार रुपैयाँ र कार, जीप (चारपाङ्ग्रे) लाइसेन्सका लागि १५ देखि २५ हजार रुपैयाँसम्म बार्गेनिङ गरेर रकम असुल्ने गरेको पाइएको छ। आरोपअनुसार लिखित वा ट्रायल परीक्षा नदिएका व्यक्तिहरूलाई समेत रकमको आधारमा लाइसेन्स उपलब्ध गराउने प्रचलन खुलेआम चलिरहेको कटहरिया–३ का समाजसेवी रामबाबु साहले बताएका छन्।
यसबाहेक, चोरीका भारतीय सवारी साधनलाई अवैध रूपमा नेपालीकरण गरेर दर्ता गराउनेसम्मको कार्यमा सिंहको संलग्नता रहेको कार्यालयकै एक कर्मचारीले दाबी गरेका छन्। यस प्रक्रियामा कार्यालय प्रमुख गुप्ताले मौन सहमति जनाउँदै आएका आरोप लगाइएको छ।
स्रोतका अनुसार, सेटिङ मिलाउने सेवाग्राहीलाई लिखित परीक्षामा २–५ प्रश्न मात्र टिक लगाउन लगाइने र ट्रायलमा पास नहुने व्यक्तिलाई प्रवेशपत्र बुझाएर मात्र हाजिरी पुर्याउने गरिएको छ। रकम बुझाए पछि न लिखित परीक्षा दिनु पर्ने न ट्रायल, सीधै स्मार्ट लाइसेन्स उपलब्ध गराइने अनियमितता चलिरहेको स्वयं लाईसेन्स लिएका एकजना सेवाग्राहीले बताएका छन्।
स्थानीय सेवाग्राहीहरूले बढ्दो गुनासो र उजुरी गर्दा पनि सम्बन्धित निकायले अहिलेसम्म ठोस छानबिन तथा कारबाहीको प्रक्रिया सुरु गरेको छैन। यातायात जस्तो संवेदनशील क्षेत्रमा नै प्रमुख र कर्मचारीको मिलोमतोमा रकम लेनदेन हुने अवस्थाले सेवाग्राहीहरू मर्कामा परेका छन्।
कार्यालय प्रमुख गुप्ताले केही समयअघि नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि पुगेको स्वीकार गरेका छन् तर हालसम्म मुद्दा–छानबिनको अवस्था सार्वजनिक भएको छैन्। यातायात प्रमुख गुप्तासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कबिहिन भएका छन्।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend