Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • प्रशासनिक भद्रगोल, राष्ट्रिय सतर्कता केन्द्रमा पाँच महिनामा पाँचै सचिव फेरिए


    शुक्रबार, असोज २३ २०८३
    250
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेर सोही दिन बढुवा भएका बुढालाई केन्द्रमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

    योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गएपछि रिक्त रहेको पदमा बराललाई केन्द्रमा बहाली भएको तीन दिनमै सरुवा गरिएको छ ।

    राष्ट्रिय सतर्कता केन्द्रको इतिहासमा मात्र होइन, नेपालको प्रशासनिक इतिहासमा समेत पाँच महिनामा पाँचौं सचिवका रुपमा बहाली भएर चक्रबहादुर बुढाले नयाँ रेकर्ड कायम गर्ने भएका छन् । बिगतमा प्राविधिक सचिव रहने ब्यवस्था रहेको केन्द्रमा प्रशासन समूहको सचिव बन्ने ब्यवस्था भएपछि पहिलो पटक भूपाल बराल केन्द्रमा खटिएका थिए । तर तीन दिन नबित्दै उनको सरुवा योजना आयोगमा भयो । प्रदेशमा पदस्थापन गर्नुपर्ने बुढालाई केन्द्रमा लगियो ।

    पाँच महिनाअघि प्राबिधिक समूहका सरजुकुमार बैद्य केन्द्रको सचिव पदमा कार्यरत थिए । उनी करिब २ बर्ष केन्द्रमा रहे । उनको सरुवा लगत्तै दिनानाथ मिश्र केन्द्रमा सरुवा भए । उनी पनि एक महिनामै केन्द्र छाडेर विज्ञान, प्रबिधि तथा नवप्रबर्तन मन्त्रालयमा मिलाएर गए ।

    त्यसपछि खानेपानी मन्त्रालय खारेज भएपछि फाजिलमा परेका विश्वबाबु पुडासैनीलाई सरकारले केन्द्रमा पठाइयो । उनी पनि एक महिना नबित्दै सरुवा भई सार्वजनिक खरिद अनुगमन कार्यालय कार्यालयमा पुगे ।

    पुडासैनीपछि भूपाल बराललाई प्रदेशबाट सरुवा गरी केन्द्रमा ल्याइयो । उनी हाजिर भएको तीन दिनमै सरुवा भएका छन् । जसको स्थानमा बुढा आइपुगेका छन् । उनी सोमबार केन्द्रमा हाजिर हुने बताइएको छ ।

    मिश्र, पुडासैनी र बरालले केन्द्रको ब्रिफिङ नियमित काममा नफर्किंदै सरुवामा परेका छन् भने सोमबार हाजिर हुन लागेका बुढा पनि कति घन्टा वा दिनमा सरुवा हुनेहुन् भन्दै सतर्कताका कर्मचारीहरु ब्यंग्य गर्न थालेका छन् ।

    केन्द्रको कामको स्थायित्वका लागि कर्मचारीको नेतृत्व छोटो समयमा पटक पटक फिल्मी शैलीमा परिवर्तन भइरहँदा कार्यरत कर्मचारीको मनोबल गिर्दो अवस्थामा छ भने प्रधानमन्त्री कार्यालयलाई नियमित रुपमा गर्नुपर्ने प्रगतिसम्बन्धी ब्रिफिङ नराम््रोसँग प्रभावित हुन पुगेको छ ।

    नियमित कामकारबाही प्रभावित हूँदा केन्द्रमा उजुरीको चाङ लागेको छ । सरकारको चेपुवामा परेको केन्द्रलाई प्रभावकारी बनाउनका लागि सरकारले चाल्दैआएका नराम्रोसँग प्रभावित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार