सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।
२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।
कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो ।
सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी, रुट परमिट लगायतका सेवामार्फत राजस्व उठाउँदै आएको कार्यालयले जनाएको छ । प्रमुख यादवका अनुसार कार्यालय स्थापनाको छोटो अवधिमा उल्लेखनीय राजस्व संकलन हुनु सेवाप्रवाहमा आएको प्रभावकारिताको संकेत हो ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend