सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।
२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।
कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो ।
सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी, रुट परमिट लगायतका सेवामार्फत राजस्व उठाउँदै आएको कार्यालयले जनाएको छ । प्रमुख यादवका अनुसार कार्यालय स्थापनाको छोटो अवधिमा उल्लेखनीय राजस्व संकलन हुनु सेवाप्रवाहमा आएको प्रभावकारिताको संकेत हो ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend