Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालगंज यातायातमा भएका भ्रष्टाचारबिरुद्ध ३ वटा मुद्दा दर्ता, कर्मचारी र बिचौलियासमेत ७५ जना प्रतिवादी


    बिहिबार, फाल्गुन १४ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । यातायात कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को एक्सन लिइरहेको छ ।

    बुधबारमात्रै अख्तियारको टोलीले यातायात कार्यालय हेटौंडाका अधिकृत अमृत भेटवालले बिचौलिया खगेन्द्र पौडेलसँग सवारी सरुवा सहमति दिनेक्रममा ११ हजार ५ सय घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

    बिहीबार अख्तियारले गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याउने यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासमेत ३२ जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

    त्यस्तै सुनारबिरुद्ध अख्तियारले अरु २ वटा मुद्दा पनि दर्ता गरेको छ । केही समय अगाडि भारतीय चोरीका तीन वटा गाडी यातायात व्यवस्था कार्यालय नेपालगंजले आर्थिक लेनदेन गरी दर्ता गरेको आरोपमा सुनारसहितका कर्मचारीका बिरुद्ध अख्त्यिारले मुद्दा दर्ता गरेको हो ।

    यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख तथा हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सहसचिव) लोकबहादुर सुनारसमेत ३३ जनाबिरुद्ध मुद्दा दर्ता गरेको छ ।

    अख्तियारले दर्ता गरेको मुद्दा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार