काठमाडौँ । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भएपनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दसैँमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ । केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन् । कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन् । “अन्तर्राष्ट्रियतर्फ आवागमन बढ्दो क्रममा छ । आन्तरिकमा साविक बमोजिम सामान्य छ”, प्रवक्ता शेर्पाले भन्नुभयो, “अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ ।”
प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तर्राष्ट्रियतर्फ १०६ उडान भएका छन् । जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए । यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन् । आन्तरिकतर्फ २२२ उडान भएका छन् । यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छभने भित्रिनेको सङ्ख्या चार हजार ६५ रहेको छ ।
आइतबार अन्तरराष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन् । छ हजार ८०० यात्रु बाहिरिएका छन् । आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र पाँच हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दाबढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । (रासस)
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend