Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • आइजिपीमा पुनर्वहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट दर्ता


    शुक्रबार, कार्तिक २१ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

    उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो ।

    निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ ।

    सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार