काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार सशस्त्र प्रहरीले १० केजी ९ सय ६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
थाइल्याण्डको बैंकक हुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो करीव २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौंले उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुमा भारत घर बताउने ३८ वर्षीया Shazia, ४८ बर्षीय Raish Ahmad, ७२ वर्षीया Fatma र ११ बर्षीय Hadi Ahmad छन् । उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा भन्सार सुरक्षा बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend