Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट ११ केजी गाँजासहित चार भारतीय पक्राउ


    शुक्रबार, पुष ११ २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार सशस्त्र प्रहरीले १० केजी ९ सय ६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    थाइल्याण्डको बैंकक हुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो करीव २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौंले उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएकाहरुमा भारत घर बताउने ३८ वर्षीया Shazia, ४८ बर्षीय Raish Ahmad, ७२ वर्षीया Fatma र ११ बर्षीय Hadi Ahmad  छन् । उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा भन्सार सुरक्षा बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार