Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • आज एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, कार्तिक २० २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १३ हजार तीन सय रुपैयाँले बढेको हो।

    आज छापवाल सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार ६५५ रुपैयाँमा कायम रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार