काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थिति नियन्त्रणमा लिएर शान्ति र सुव्यवस्था कायम गर्नु रहेको उल्लेख गर्नुभएको छ ।
कार्तिक २० गते सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबाराही काठमाडौको स्थलगत निरीक्षण कार्यक्रममा रेजिमेन्टद्वारा आयोजित हुल तथा दंगा व्यवस्थापन सम्बन्धी डेमोन्स्ट्रेसन अवलोकनका क्रममा महानिरीक्षक पौडेलले भिड तथा दंगा नियन्त्रण आन्तरिक सुरक्षा व्यवस्थापनको महत्वपूर्ण पक्ष रहेकोले जुनसुकै परिस्थितिमा पनि संगठनको व्यावसायिक दक्षता, निष्पक्षता र कानुनसम्मत कार्यसम्पादन कायम राख्नुपर्नेमा जोड दिंदै सुरक्षा फौज सदैव उच्च सतर्क अवस्थामा रहनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विशेष गरी पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सूचना, अफवाह र घृणात्मक अभिव्यक्तिले भीडलाई थप उग्र र हिंसात्मक बनाउन सक्ने हुँदा सूचना सङ्कलन र विश्लेषण प्रणालीलाई थप प्रभावकारी बनाउँदै विविध कारण उत्पन्न हुनसक्ने सुरक्षा जोखिमको पूर्वमूल्याङ्कन गरी सोही अनुरूप आवश्यक योजना सहित तयार पार्न सम्पूर्ण कमान्डरहरूलाई निर्देशन समेत दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले मैदानमा खटिने फौजलाई कुनै पनि अवस्थामा ओभर रियाक्ट नगर्न र व्यक्तिगत आवेग, उत्तेजना वा पूर्वाग्रहबाट मुक्त भएर कार्य सम्पादन गर्न निर्देशन दिनुहुँदै भीड नियन्त्रणका क्रममा बल प्रयोग गर्दा आवश्यकता, समानुपातिकता, कानुनी आधार र न्यायिक जवाफदेहिताका साथ स्थानीय प्रशासन ऐनको पूर्ण पालना गरी बल प्रयोगलाई अन्तिम विकल्पका रूपमा मात्र र गैर–घातक तथा कम–घातक हतियार एवं प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले हुल तथा दंगा नियन्त्रणको क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष संवेदनशीलता अपनाउनुका साथै नियन्त्रणमा लिइएका वा घाइते भएका व्यक्तिहरूप्रति मानवीय व्यवहार गरी सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेल, नं। ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, दंगा नियन्त्रण रेजिमेन्टका कमाण्डर लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूको उपस्थिति रहेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend