Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेता-कार्यकर्ताको पदप्रतिको आकांक्षामाथि रविको व्यङ्ग्य- हाम्रा साथीहरू तल हेर्दैनन्, वडाध्यक्षमा अब मै आउँला लड्न


    शुक्रबार, कार्तिक २१ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्।

    चितवन पुगेका सभापति लामिछानेले एक कार्यक्रममा बोल्दै पार्टीभित्र वडाध्यक्ष बन्न इच्छुक नदेखिएको र अधिकांशको आकाङ्क्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको बताए।

    उनले भने, ‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है! एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। अब यो वडामा चुनाव लड्न त अघि म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ।’

    उनले आफूले वडाध्यक्ष पदका लागि आवेदन दिएको नदेखेको भन्दै कार्यकर्ताको पदप्रतिको आकांक्षामाथि व्यङ्ग्य गरे। ‘तपाईँहरू त अब धेरै ठूलो हुन थाल्नुभयो,’ उनले भने।

    पार्टीभित्र अवसरको राजनीति हाबी हुन थालेको बताए।

    उनले थपे, ‘भोलि दुई जना साथीलाई एउटा पद छोड्दिनुपर्‍यो भन्नुस् त, हानाहान र मारामार हुन्छ। नदिनुस् मेरो त्यागको उदाहरण, यदि त्यसलाई अनुशरण गर्ने तपाईँलाई इच्छा छैन भने। चाहिएन मलाई यस्तो झुटो तारिफ।’

    उनले पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’को विधि अपनाएको भन्दै प्रक्रिया विधिसम्मत र पारदर्शी हुने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार