काठमाडौं । नेपालीलाई भिजिट भिसामा अरब मुलुक र यूरोपमा पठाउने क्रममा दैनिक न्यूनतम ५० लाख भन्दा बढी घुस असुली गरेको बिषयमा संसददेखि सडकसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईको सेटिङमा दैनिक २ सयसम्म नेपालीलाई भिजिट भिसामा यूरोप र अरबका देशमा पठाउने गरिएको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।
छानबिनका क्रममा दैनिक २ सय जनासम्मलाई भिजिट भिसामा सेटिङमा पठाउने गरेको पाइएपछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्ने तयारी गरेको थियो । तर अख्तियारको प्रशासनिक उच्चतहबाटै सूचना लिक भएपछि विमानस्थल कार्यालयका प्रमुख भट्टराईलाई हतारहतार गृहमन्त्रालयमा सरुवा गरियो ।
अख्तियारको उच्चतहबाटै गृहको उच्च तहमा सूचना लिक भएपछि भटट्राई तानिए । उनलाई तानेपछि गृहको प्रशासनिक उच्चतहकै संरक्षणमा भिजिट भिसाको र्याकेट चलेको ठहर गर्दै आयोगले विमानस्थल अध्यागमनका प्रमुख भट्टराईलाई नियन्त्रणमा लियो । र, उनका मोवाइलहरु नै जफत गरी फरेन्सिक ल्याबमा परीक्षण भइरहेको जनाएको छ । विमानस्थल अध्यागमनमा भिजिट भिसाका नाममा हुँदैआएको मानवतस्करीको र्याकेट खोतल्दै जाँदा परराष्ट्र मन्त्री डा। आरजु राणासम्म नै पुग्ने स्रोत बताउँछ ।
गृहमन्त्री रमेश लेखक भए पनि उनको सचिवालयको टीम आरजुले नै फिट गरेकी थिइन् । गृहमन्त्री लेखकले सुरुमा निजी सचिवमा धर्मराज जोशीलाई राखेका थिए । बुढानीलकन्ठकै दबाबमा उनलाई हटाएर बद्री तिवारीलाई ल्याइएको थियो । ललितपुर जिल्ला सहकारीमा हुँदादेखि नै भ्रष्टाचारमा मुछिएका तिवारी यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए ।
आरजुका विश्वासपात्र तिवारीलाई लेखकको सचिवालयमा फिट गर्नेमात्र होइन, सचिवमा पनि गोकर्णमणि दुवाडीलाई लगिएको थियो । कांग्रेसनिकट एकसेएक सचिव हुँदादहुँदै अग्नि सापकोटाका निकटको आरोप लागेका दुवाडीलाई आरजुकै जोडबलमा लगिएको थियो ।
विगतमा बालकृष्ण खाँण गृहमन्त्री हुँदा पनि उनको इच्छाबिपरीत गृह बुझ्दै नबुझेका शिक्षा समूहका टेकनारायण पाण्डेलाई लाने काम आरजुले नै गरेको आरोप लागेको थियो । अहिले पनि गृहप्रशासन खासै नबुझेका दुवाडीलाई लान आरजुकै जोडबल रहेको स्रोत बताउँछ । गृहप्रशासन नबुझेकालाई लाँदा अध्यागमनदेखि सीडीओ खटाउँदा पनि आफूले भनेको मानिस खटाएर आफ्ना अनुकूल काम गराउँदैआएको छ । स्रोत भन्छ, खाँण हुँदा पनि गृहमन्त्रालय आरजुले नै चलाएकी थिइन्, अहिले लेखक गृहमन्त्री भए पनि उतैको निर्देशन चल्ने गरेको छ ।
फर्की फर्की अध्यागमनमा, चौथो पटकसम्म सरुवा
नेपालीलाई भूटानी शरणार्थी बनाउने र अहिलेको भिजिट भिसा प्रकरण गृह बुझेको प्रशासनिक नेतृत्व नहुँदाको परिणामका रुपमा लिइएको छ । विावदमा परेका, यसअघि भिजिट भिसामा तानिएका र मुद्दा चलेकालाई एकपटक, दुईपटक होइन, तीन पटक अध्यागमनमा सरुवा गर्ने काम गृहमन्त्रालयले गर्दा पनि भिजिट भिसाको काण्ड घट्न पुगेको स्रोत बताउँछ ।
अधिकृत दुर्गा थापा तेस्रो पटक अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा भएकी हुन् । एकपटक अध्यागमनमा बसिसकेपछि फर्की फर्की जाने मौका गृह बुझेको सचिवले दिन सक्दैन । तर यसअघि मुद्दा नै परेका अधिकृत गणेशविक्रम शाहदेखि शम्भु ठकुल्ला पनि पटक पटक अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा हुनेमा पर्दछन् ।
अधिकृत सुवास शर्मा पौडेल दोश्रो पटक, रेश्मा बुढा, नरेन्द्रसिंह कुँवर, दीपक पाण्डे तेस्रो पटक अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा भएका हुन् । तेस्रो पटक अध्यागमन एयरपोर्टमा सरुवा भएका नरेन्द्रसिंह कुँवर बैदेशिक रोजगार बिभागदेखि अध्यागमनजस्ता कमाउअड्डामा मात्र बसी दसौं करोड अकूत सम्पत्ति कमाउनेमा पर्दछन् ।
त्यसैगरी, अधिकृत खगराज गौतम र महिला अधिकृत प्रभा अर्याल दोश्रो पटक उक्त कार्यालयमा सरुवा मिलाएर जान सफल भएका हुन् । अधिकृत भोजबहादुर ऐडी र शम्भु ठकुल्ला चौथो पटक सो कार्यालयमा सरुवा हुने भाग्यमानी अधिकृतमा दर्ज भएका छन् ।
अधिकृतहरु दीपक पाण्डेय, हेमराज जोशी दोश्रोपटक अध्यागमन कार्यालय एयपोर्ट कार्यालयमा सरुवा मिलाएर जान सफल भएका हुन् । अधिकृतहरु बबिता मरासिनी, देवी चालिसे र सरोज खनाल पनि दोश्रो पटक सरुवा मिलाएर जानेमा पर्दछन् । केशव बस्याल दोश्रो पटक एयरपोर्ट अध्यागमनमा सरुवा हुन सफल भएका हुन् ।
भिजिट भिसा प्रकरणपछि कार्यालय प्रमुख भट्टराई तानिए पनि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका उल्लेखित डन प्रबृत्तिका अधिकृत र कर्मचारीहरु अहिले पनि तानिएका छैनन् । बरु एमालेनिकट १४ कर्मचारीहरुलाई भने अध्यागमन सेटिङको समाचार चुहाएको आरोपमा गृह मन्त्रालयको दबाबमा अध्यागमन बिभागले बाहिर जिल्लातिर सरुवा गरेको छ । तर चौथोपटकसम्म अध्यागमनमा सरुवा भएर गएका र भिजिट भिसामा सेटिङ गर्नेहरुलाई अहिलेसम्म पनि गृहप्रशासनले चलाएको छैन ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend