काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए ।
मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट तत्काल २.७ देखि २.८ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए। पुनर्निर्माणका लागि भने करिब ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको उनले बताए ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबरको क्षति हुनु ठूलो सङ्कट भएको उल्लेख गर्दै उनले तत्कालका लागि सरकारकै बजेटबाट राहत र पुनरुत्थानका काम भइरहेको बताए ।
चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सीमा नाघ्न कठिन भए पनि अहिलेको विनियोजनबाट ठेक्का प्रक्रिया अघि बढाएर आगामी आर्थिक वर्षको बजेटमा पुनर्निर्माणका लागि थप रकम समावेश गर्ने व्यावहारिक विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
बाढीका कारण प्रभावित तथा सङ्कटग्रस्त घोषणा गरिएका स्थानीय तहमा रकम पठाइसकिएको उल्लेख गर्दै उनले खर्च गरेर थप बजेट माग गरेपछि प्रधानमन्त्रीतर्फको कोषबाट तत्काल रकम उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
बैठकमा समिति सदस्यहरूले प्रभावित नागरिकको भावना र आवश्यकतालाई ध्यानमा राखेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा केन्द्रित हुन सुझाव दिएका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend