Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • भक्तपुर मालपोतका नासुको भ्रष्टाचारमा कीर्तिमान, ९ करोड ७३ लाखको सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर


    सोमबार, कार्तिक १७ २०८३
    85
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आचार्यबिरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो ।

    आयोगले आचार्यले वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको हो ।

    आयोगका अनुसार आचार्य र उनको परिवारको बैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ देखिएको छ ।

    आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनसँगै ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ ।

    मुद्दामा उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरू आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ । आयोगले पत्नी र अन्य प्रतिवादीमाथि पनि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारमा सहयोग गरेको आरोप लगाउँदै सजाय र सम्पत्ति जफतको माग गरेको छ ।

    नासु आचार्य जागिरे जीवनका अधिकांश समय भक्तपुर मालपोत कार्यालयमै कार्यरत रहँदैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार