काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा २५ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले छुट्टै जेनजी गठन गरेका छन् ।
अख्तियारले छानविन तिव्र पारेपछि अधिकारी र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले छुट्टै जेनजी आन्दोलनकारी समूह तयार पारेको खुलासा भएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी जसले २५ अर्बभन्दा बढी भ्रष्टाचार गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले पोखरा विमानस्थल निर्माणमा मात्रै उनले १० अर्बभन्दा बढी अनियमितता गरेको ठहर गरेको छ । र, कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ ।
उनै अधिकारीविरुद्ध अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तिव्र पारेको छ । अख्तियारले छानविन तिव्र पारेपछि अधिकारी र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एउटा नक्कली जेनजी आन्दोलनकारी समूह तयार पारेको आरोप छ । यो समूहले अख्तियार र सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश विरुद्ध अभियान चलाइरहेको छ ।
संगीता आवाले, अजय राई, उर्मिला वाइवा, सृजना याता, अन्जु चाम्लिङलगायतको एक समूह परिचालित भएका छन् । भ्रष्टाचारबिरुद्ध गठन भएको जेनजी भन्दै आज उनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्चतिर राजीनामाको माग राखेर जाँदैछन् । तर उनीहरु कल्याण श्रेष्ठ र प्रदीप अधिकारीबाट संचालित भएको आरोप छ ।
अख्त्यिारले लेखासमितिको छानबिनलाई आधार बनाएर अनुसन्धान गरी प्रदीप अधिकारीका बिरुद्ध विशेष अदालतमा मुद्दा बुझाउने तयारी गरेपछि उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग मिलेर जेनजीका नाममा अख्तियार प्रमुखको राजीनामा माग्न खटाएको स्रोत बताउँछ । उनीहरुको बारेमा छानबिन गरेमा अर्जुनबहादुर शाहीको भेद खुलेजस्तै उनीहरु पनि अधिकारीबाटै परिचालित भएको भेद खुल्ने स्रोत बताउँछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend