काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा २५ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले छुट्टै जेनजी गठन गरेका छन् ।
अख्तियारले छानविन तिव्र पारेपछि अधिकारी र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले छुट्टै जेनजी आन्दोलनकारी समूह तयार पारेको खुलासा भएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी जसले २५ अर्बभन्दा बढी भ्रष्टाचार गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले पोखरा विमानस्थल निर्माणमा मात्रै उनले १० अर्बभन्दा बढी अनियमितता गरेको ठहर गरेको छ । र, कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ ।
उनै अधिकारीविरुद्ध अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तिव्र पारेको छ । अख्तियारले छानविन तिव्र पारेपछि अधिकारी र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एउटा नक्कली जेनजी आन्दोलनकारी समूह तयार पारेको आरोप छ । यो समूहले अख्तियार र सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश विरुद्ध अभियान चलाइरहेको छ ।
संगीता आवाले, अजय राई, उर्मिला वाइवा, सृजना याता, अन्जु चाम्लिङलगायतको एक समूह परिचालित भएका छन् । भ्रष्टाचारबिरुद्ध गठन भएको जेनजी भन्दै आज उनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्चतिर राजीनामाको माग राखेर जाँदैछन् । तर उनीहरु कल्याण श्रेष्ठ र प्रदीप अधिकारीबाट संचालित भएको आरोप छ ।
अख्त्यिारले लेखासमितिको छानबिनलाई आधार बनाएर अनुसन्धान गरी प्रदीप अधिकारीका बिरुद्ध विशेष अदालतमा मुद्दा बुझाउने तयारी गरेपछि उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग मिलेर जेनजीका नाममा अख्तियार प्रमुखको राजीनामा माग्न खटाएको स्रोत बताउँछ । उनीहरुको बारेमा छानबिन गरेमा अर्जुनबहादुर शाहीको भेद खुलेजस्तै उनीहरु पनि अधिकारीबाटै परिचालित भएको भेद खुल्ने स्रोत बताउँछ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend