काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा विगत लामो समयदेखि भिजिट भिसामा घुस लेनदेन गरी नेपालीलाई खाडी मुलुक पठाउने कार्य हुँदैआएको थियो । एक बर्षदेखि यूरोपका बिभिन्न मुलुकमा भिजिट भिसामा नेपालीलाई पठाउने क्रम सुरु भएको छ ।
खाडी मुलुकमा ५० हजार रुपैयाँसम्म घुस लिने गरिएको थियो भने यूरोपमा पठाउँदा एक ब्यक्ति बराबर ३ लाख रुपैयाँसम्म घुस कारोबार हुँदैआएको तथ्य बाहिरिएको छ । अध्यागमन कार्यालयमा घ्ुस संकलन गरी पद अनुसार भागबण्डा लगाउने गरिन्छ । अध्यागमन कार्यालयमा मासिक लाखौं कमाइ हुने भएकाले त्यहाँ शक्तिकेन्द्र गुहारेर कर्मचारी सरुवा हुने गर्दछन् । शक्तिकेन्द्र गुहारेर मात्र होइन, दररेट बुझाएर अध्यागमन कार्यालय एयरपोर्टमा कर्मचारीहरु सरुवा हुने गरेका छन् ।
निजामती सेवा नियमावली अनुसार हरेक २ बर्षमा कर्मचारीको सरुवा हुन्छ । प्रायः २ बर्ष एउटा कार्यालयमा काम गरिसकेको कर्मचारी पुनः त्यही कार्यालयमा फर्र्र्किएर जाँदैन, स्वार्थ भएकै कारण एयरपोर्ट अध्यागमनमा भने फर्की फर्की एक, दुई, तीनपटक होइन, चौथो पटकसम्म सरुवा भएर जाने गरेका छन् । भिजिट भिसामा सेटिङमा पठाउँदा अतिरिक्त कमाइ मासिक लाखौं हुने भएकाले पनि त्यसरी कर्मचारी फर्कीफर्की जाने गरेका छन् ।
रमेश लेखक गृहमन्त्री भएपछि पटक पटक विवादमा परेका, यसअघि भिजिट भिसामा तानिएका र मुद्दा चलेकालाई एकपटक, दुईपटक होइन, तीन पटक अध्यागमनमा बसिसकेका अकूत सम्पत्ति कमाउने कर्मचारीलाई चौथो पटक सरुवा गरिएका तथ्य प्राप्त भएका छन् ।
लेखकको सचिवालयका उपसचिव बद्री तिवारी, बिमल पौडेलहरुले अध्यागमन कार्यालय एयरपोर्टमा दरबन्दीभन्दा बढी कर्मचारी सरुवा गरेका छन् । विगतमा अध्यागमनमा बसिसकेका अकूत सम्पत्तिवालालाहरुलाई नै छानीछानी गृहमन्त्रीको सचिवालयले सरुवा गरेका केही कर्मचारीहरुको सूची यस्तो छ :
लेखक गृहमन्त्री भएपछि शाखा अधिकृतद्वय भोजबहादुर ऐडी र शम्भु ठकुल्ला चौथोपटक अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा भएका हुन् ।
अधिकृतहरु दुर्गा थापा, सुवास शर्मा पौडेल, गणेशविक्रम शाह, रेश्मा बुढा, नरेन्द्रसिंह कुँवर, दीपक पाण्डे तेस्रो पटक अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा भएकी हुन् ।
दोस्रो पटक फर्केर अध्यागमन कार्यालय विमानस्थलमा सरुवा हुने अधिकृतहरुमा खगराज गौतम, प्रभा अर्याल, बबिता मरासिनी, देवी चालिसे र सरोज खनाल, केशव बस्याल हुन् ।
अध्यागमन कार्यालय एयरपोर्टमा पटक पटक सरुवा हुने कर्मचारीकै कारण भिजिट भिसा प्रकरण दोहोरिन पुगेको हो । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मानवतस्करीका कारण बदनाम हुन पुगेको छ । जसका कारण नेपालकै छविमा आघात पुगेको छ । भिजिट भिसामा जानेहरु विदेशमा पुगेर अलपत्र पर्ने गरेका छन् । दलालहरुले उनीहरुलाई आकर्षक रोजगारीको प्रलोभन दिएर लाखौं लिएर लाने र अलपत्र पार्ने गरेका छन् ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend