यातायात कार्यालय भरतपुर, इन्सेटमा कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई
भरतपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई प्रवेश परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई पास गराउनका लागि १ लाख ८५ हजार घुस लिइसकेपछि नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरुले महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट संचालन भएको सवारी चालक अनुमतिपत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमतिपत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई पास गराउने गरेको उजुरीपछि अख्तियारले निगरानी गरेको थियो ।
निगरानीकै क्रममा सवारीचालक अनुमतिपत्रको परीक्षामा फेल भएकाहरुलाई पास गराउनका लागि घुस लिइसकेपछि आयोगको टंगालबाट खटिएको टोलीले शुक्रबार यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहायक इन्द्रजित गुरुङको कार्यकक्षबाट रु. १ लाख ८५ हजार रुपैयाँ बरामद गरेको छ । उक्त घुस रकमसहित कार्यालय सहायक गुरुङ र बिचौलिया सुरज पाठकलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यातायात कार्यालय भरतपुरका कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र बिभिन्न ड्राइभिङ सेन्टरका संचालकहरुको बिद्युतीय उपकरण मोबाइल ३१ भन्दा बढी, ल्याप्टप २ थान र अन्य कागजातहरुसमेत बरामद गरेको छ । ल्यापटप र मोवाइलसमेत बरामद गरेकाले ड्राइभिङ सेन्टर र यातायात कार्यालयका प्रमुखसहितका कर्मचारीहरुको मोवाइल फरेन्सिक ल्याबमा पठाएर लाइसेन्समा हुने गरेको अर्को डरलाग्दो सेटिङ भण्डाफोर हुने भएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend