काठमाडौं । बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)को कार्यकारी निर्देशकका लागि पुनः विज्ञापन आह्वान गरिएको छ । २०८३ कात्तिक २१ गते २१ दिनको म्याद दिएर कार्यकारी निर्देशकको छनोटका लागि विज्ञापन प्रकाशित गरिएको हो ।
गएको भदौ ३ गते कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले १५ दिने सूचना निकालेका थियो । तत्कालीन उद्योग मन्त्री गौरीकुमारी यादवका पालामा प्रकाशित सूचनाअनुसार १८ जनाले दरखास्त दिएका थिए । मन्त्रालयले गठन गरेको छनोट समितिले १८ मध्ये ३ जनाको नाम सर्टलिष्टमा निकालेको थियो । सर्टलिष्टमा परेकामध्येलाई नियुक्ति दिनका लागि उद्योग मन्त्रालयले पहल गरिरहेको बेला मन्त्री यादवले राजीनामा दिइन् । र, उक्त प्रक्रिया बीचमै रोकिन पुगेको थियो ।
नियुक्तिका लागि सर्टलिष्ट गरिसकेको पहिलाको विज्ञापन नै रद्द नगरी सेजको कार्यकारी निर्देशक माग गर्दै अर्को सूचना कात्तिक २१ गते प्रकाशित गरिएको छ । आयल निगमका समेत पूर्व कार्यकारी निर्देशक रहेका चण्डिकाप्रसाद भट्टलाई ल्याउनका लागि मन्त्री साहले पहिलाको सूचना रद्द नै नगरी दोस्रो सूचना प्रकाशित गर्न लगाएका छन् ।
चण्डिका भट्ट हरेक सरकारलाई खुसी पार्ने र जुन पार्टीले सरकार बनायो, सोही पार्टीको सदस्य बन्दै नियुक्ति लिनसक्ने अद्भूत खुबी भएका इन्जीनीयरका रुपमा दरिएका छन् । विगतमा ३५ बर्षसम्म लुटेको आरोप लागेकाटहरु रास्वपामा जानासाथ शुद्ध हुने गरेको दृष्टान्त चण्डिका भट्ट पनि हुन् । रास्वपासँग कुन त्यस्तो वासिङ मेसिन छ जुन मेसिनमा हाल्नासाथ त्यस्ता प्रबृत्ति शुद्ध हुने ? भन्ने प्रश्न उठ्दैआएको छ ।
कांग्रेस, माओवादी, एमाले हुँदै रास्वपा निकट भएर उनले पूर्वाधार मन्त्रीको सल्लाहकार खाइसकेका छन् भने सेजमा तेस्रो पटक कार्यकारी निर्देशक हुने यात्रामा छन् । उनलाई सेजमा नियुक्ति गर्नका लागि सर्टलिष्टिङ गरिसकिएको सेजको कार्यकारी निर्देशकको नियुक्ति नै अलपत्र पारी अर्को सूचना प्रकाशिथ गरिएको छ ।
अघिल्लो सूचनामा आवेदन नदिएका भट्टलाई दोहोर्याएर ल्याउनकै लागि अर्को सूचना प्रकाशित गरिएको स्रोतको दाबी छ । केही दिनअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका सल्लाहकार नियुक्त भएका भट्टले रास्वपाले उद्योग मन्त्रीको समेत सल्लाहकार का रुपमा काम गर्नेगरी जिम्मका दिएको बताउने गरेका छन् । सल्लाहकारकै रुपमा भट्टले मन्त्री साहसँग पटक–पटक भेटघाट गरिसकेका छन् ।
केही दिनअघि मन्त्री साह र भ्टटबीच सामान्य बिषयमा चर्को भनाभन भएको बताइन्छ । आफ्नो स्वार्थको बिषय जबर्जस्ती कार्यान्वयन गराउन खोजेको र मन्त्री साहले त्यसमा असहमति जनाएपछि उनीहरुबीच विवाद भएको बिषय मन्त्रालयका उच्च अधिकारीहरुले समेत थाहा पाएका छन् ।
भट्टले सेजमा कार्यकारी निर्देशक बन्नका लागि मन्त्री लम्सालमार्फत् प्रधानमन्त्री कार्यालयसम्म पहुँच पुर्याइसकेका छन् । विगतमा कांग्रेस र माओवादी शासनमा लिनुसम्म नियुक्ति र लाभ लिएका उनै भट्ट पुनः सेजको नेतृत्वमा आएमा आश्चर्य नमाने हुने भएको छ ।
खानी बिभागमा प्राविधिक उपसचिवको जागिरमा हुँदाहुँदै पद लियनमा राखी भट्ट पहिलो पटक २०७० मा आयल निगमको कार्यकारी निर्देशक नेपाल आयल निगमको कार्यकारी निर्देशक भएका थिए । निगमबाट पुनः उनी २०७२ मा सेजको कार्यकारी निर्देशक भए । त्यसपछि सेजमा नरन्तर अर्को कार्यकालका लागि कार्यकारी निर्देशक भएका भट्ट पुनः २०८० फागुनमा दोस्रो पटक आयल निगमको कार्यकारी निर्देशक भएका थिए ।
गोरखा पुख्र्यौली घर भएका भट्ट कांग्रेस र माओवादी दुबै पार्टी मिलाएर आयल निगममा २ पटक र सेजमा २ पटक कार्यकारी निर्देशक भइसकेका छन् । अब सेजमा उनी तेस्रो पटक कार्यकारी निर्देशक हुन रास्वपा पार्टीनिकट हुन पुगेका छन् ।
आयल निगमबाट वालेन्द्र शाह सरकारको दबाबमा उनले गएको बैशाख ३० गते राजीनामा दिएका थिए । ३५ बर्ष सरकार चलाएका पार्टीहरुले नियुक्ति गरेको भन्दै भट्टलाई पहिला जबर्जस्ती राजीनामा दिएको रास्वपा सरकारका पूर्वाधार मन्त्री सुनिल लम्सालले त्यसको ६ महिनामै उनलाई सल्लाहकार नियुक्त गरेको समाचार पनि मिडियामा आएको छ । सल्लाहकार समेत उनको पाँचौं नियुक्ति हो भने अब सेजमा नियुक्ति भएमा छैटौं नियुक्ति हुनेछ ।
विगतका पार्टीदेखि जेनजी बिद्रोह गरेर सुशासनको आवरणमा आएको सरकारको पालामा पनि भट्टले सल्लाहकारदेखि सेजको कार्यकारी निर्देशक नै नियुक्ति हुनसक्ने खुबी देखाएका छन् । लोकतन्त्रदेखि गणतन्त्र हुँदै जेनजी बिद्रोहसम्म कुनै योगदान नभएका भट्ट सबैका प्रियपात्र बन्न सफल हुनुको रहस्य सेटिङ नै हो भन्ने पनि छन ।
यस्तो पटक पटक नियुक्ति लिनसक्ने क्षमता विगतमा एमालेका डा. युवराज खतिवडा र उपेन्द्र कोइराला र नेपाली कांग्रेसका शंकर शर्माको देखिएको थियो ।
काठमाडौं । पाँच बर्षअघिदेखि अलपत्र इलाम–झापा फास्ट ट्रयाक (केचना–कञ्चनजंघा सडक) को बेलासे–रक्से–गोलाखर्क खण्डको ठेक्का तोड्ने सरकारी निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको...
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलनसम्बन्धी ६ करोडभन्दा बढीको ठेक्का प्रकरण विवादमा परेको छ । न्यूनतम कबोल रकमभन्दा करिब २ करोड ९५...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका निवर्तमान सचिव डा. रोशन पोखरेलले पद सम्हालेपछि खरिद प्रक्रियामा जोड दिई आफ्ना नजिकका स्वास्थ्य सामग्री तथा उपकरण...
काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाहरुको संगठन स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको असोज २७ गते...
काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend