Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • एनपीएल बाहेकका खेलको टिकट बिक्री अधिकार ठेक्कामा दिँदै क्यान


    मंगलबार, मंसिर ९ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ। क्यानले आगामी दुई वर्षका लागि आफ्ना प्रतियोगिताको टिकट बिक्री गर्ने विशेष अधिकारका लागि बोलपत्र आह्वान गरेको हो।

    क्यानले नेपाल प्रिमियर लिग बाहेकका खेलहरूका लागि दुई वर्षको सम्झौता गर्न इच्छुक तथा योग्य कम्पनीले सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

    क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत टिकट बिक्री अधिकार प्रदान गर्न लागेको जनाएको छ।

    इच्छुक बोलपत्रदाताले क्यानको मूलपानीस्थित कार्यालयबाट वा क्यानको आधिकारिक वेबसाइटमार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। बोलपत्र कागजात प्राप्त गर्न १० हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त रकम फिर्ता नहुने सूचनामा उल्लेख छ। कागजात प्राप्त गर्ने अन्तिम मिति नोभेम्बर ३० सम्म तोकिएको छ। बोलपत्रदाताले डिसेम्बर १ तारिख दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा सिलबन्दी बोलपत्र बुझाइसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिने क्यानले जनाएको छ।

    बोलपत्र पेश गर्ने कम्पनीले न्यूनतम १४ लाख रुपैयाँको धरौटी (बिड सेक्युरिटी) बुझाउनुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म बोलपत्र मान्य रहनेछ। साथै धरौटीको अवधि बोलपत्रको मान्य अवधि सकिएको थप ३० दिनसम्म कायम हुनुपर्नेछ।

    क्यानले बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म प्रस्ताव मान्य हुनुपर्ने व्यवस्था गरेको छ। बोलपत्रसम्बन्धी थप जानकारी क्यानको कार्यालय वा आधिकारिक वेबसाइटबाट लिन सकिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार