Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा निर्विरोध


    मंगलबार, मंसिर ९ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा प्युठानका सरोज थापा (रोज राणा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा जारी विज्ञप्तिअनुसार सोमबार दाङको भालुबाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    गत प्रदेशसभाको निर्वाचनमा उनी प्युठान (ख) बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक लुम्बिनी प्रदेशको मन्त्रीसमेत बनिसकेका छन् । यस्तै अधिवेशनले लुम्बिनी प्रदेश कार्यसमितिमा पाल्पाका माधवप्रसाद नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुनलाई उपसभापतिमा निर्वाचित गरेको छ ।

    त्यस्तै महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डीसी र बर्दियाका गोविन्दप्रसाद थारु सर्वसम्मत चयन भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार