काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढासँग प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको छ । बिचौलिया प्रयोग गरी ब्यापारी र डिपार्टमेन्टल स्टोरसँग रकम माग गरेको बिषयमा स्पष्टीकरण सोधिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
बिचौलिया उपेन्द्र शाही प्रयोग गरी काठमाडौंका ठूला बिजनेश मलहरुसँग रकम बार्गेनिङ गरेको बिषयमा मंगलबार सांसद रामहरि खतिवडाले संसदमा प्रश्न उठाएपछि यो बिषय सतहमै आएको हो ।
शाहीले हालका चक्र बुढासहित ६ जना महानिर्देशकको बिचौलियाको रुपमा काम गर्दैआएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । यिनै शाहीले ब्यापारी तथा कर्मचारीहरुलाई अख्तियारका एक आयुक्तको समेत नाम लिएर तर्साउने गरेको बुझिएको छ । सुख्खा बन्दरगाह र बीरगंज भन्सारदेखि भैरहवा, तातोपानी, रसुवाबाट सामानमात्र होइन, सुपारी, भेपको तस्करी गर्नेहरुसँग समेत राजस्व अनुसन्धानका डीजीसँग सेटिङ गर्ने सेटिङ गराउने गरेको रहस्य बिस्तारै खुलिरहेको छ ।
बिचौलिया शाही कालिकोटका हुन् भने चक्रबहादुर बुढा जाजरकोटका हुन् । शाहीे बुढालाई भिनाजु भन्ने गर्दछन् । यसअघिका राजस्वका डीजीहरुको सेटिङ गर्ने शाही भए पनि बुढा आएपछि उनी बढी नै एक्सपोज भएकाले कुरा ससदसम्म पुग्यो । र, शाहीको बिचौलियाको धन्दा पर्दाफास भएको छ ।
राजस्व अनुसन्धान विभागका हरेक डीजीको बिचौलियाका रुपमा परिचालित शाहीको अथाह सम्पत्तिको छानबिन शुद्धिकरण अनुसन्धान विभागले गर्नुपर्ने दबाब परेको छ । त्यसो त बिचौलिया शाहीमात्र होइन, उनलाई परिचालन गर्ने राजस्वका महानिर्देशक(डीजी)हरुको सम्पत्ति समेत छानबिन गर्न सम्पत्ति शुद्धिकरण विभागलाई दबाब परेको छ ।
शाही एमाले निकट विद्यार्थी संगठनमा हुँदादेखिकै मन्त्री, सचिवदेखि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागका बिचौलियाको काम गरी अथाह सम्पत्ति आर्जन गरेका पात्र हुन् । उनले भौतिक पूर्वाधार मन्त्रालयका आयोजनाका ठेक्का र परामर्शका काममा पनि बिचौलियाको काम गर्ने गरेका छन् । केही महिनाअघि एडीबी सडक परियोजनाका प्रमुख चुडाराज ढकालले लौकही–काकडभित्ता सडकको परामर्शदाता नियुक्तिमा शाहीले भनेको कम्पनीलाई नदिने भएपछि भिडियो नै खिचेर बार्गेनिङ गरेका थिए ।
उनले देखावटीरुपमा सीटीईभीटीबाट स्वीकृति लिएर सामान्य इन्ष्टिच्यूट संचालन गरेका छन् । बिचौलियाको रुपमा उनले अथाह सम्पत्ति आर्जन गरेको र देशका संवैधानिक निकायका केही उच्चपदस्थसमेतको लगानीमा पेप्सीकोलामा करोडौैको प्लटिङ समेत गरेका छन् ।
ढकालको भिडियो खिची आफूले भनेको कम्पनीलाई परामर्शदाता छनोट गर्न दबाब दिएका थिए शाहीले । भिडियोमा ढकालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको समेत नाम लिएकाले उनी आत्तिएका थिए । त्यही भिडियो देखाएर शाहीले ढकालसँग बार्गेनिङ गरेका थिए । चित्रलेखा यादव शिक्षामन्त्री हुँदादेखिकै उनी बिचौलियाको रुपमा उदाएका हुन् । चित्रलेखाले उनलाई शिक्षा अन्तर्गतका नियुक्ति, सरुवा बढुवाको डिल गर्न परिचालन गरेकी थिइन् ।
शाहीले सीटीईभीटीबाट सम्बन्धन दिलाइदिने भनेर नर्सिङदेखि बिभिन्न कलेजसँग करोडौं असुली गरेको आरोप लागेको थियो । कालिकोट घर भएका शाही एमाले अखिलको केन्द्रीय सदस्य हुँदै करोडपति भइसकेका थिए । एमाले अखिलको केन्द्रीय सदस्यमा पराजीत भएका उनले पछि कोटा थप्न लगाएर निर्वाचित भएको घोषणा गर्न लगाएका थिए ।
शाही आर्थिक अपचलन र लेनदेन विवादमा मुछिएपछि अनेरास्ववियुले तत्कालीन उपाध्यक्ष महेश बर्तौला नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा उनलाई अनेरास्ववियुले कारबाही गरी संगठनबाट निस्कासन गरेको थियो ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend