Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • बाँकेको मेलामा २ पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा ८ राउण्ड हवाई फायर


    मंगलबार, मंसिर ९ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा बिहानपखका राति गोली चलेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको हो ।

    चिसापानीमा लागेको मेलामा दुई पक्षबीच राति झडप भएको थियो । मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच झण्डप भएको थियो । ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने काम भएको थियो ।

    उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र सईसहित चार प्रहरी घाइते भएको बताइएको छ ।

    दुई पक्षबीचको झडपमा परेर एक जना घाइते भएका छन् । अहिले उनको उपचार भइरहेको छ । झडपमा संलग्न भएको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार