काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारका सरकारका मन्त्रीहरुले पदीय जिम्मेवारीका बारेमा ख्याल नगर्दा विवादमा पर्ने गरेका छन् । गृहमन्त्री सुधन गुरुङ छापा हान्दै हिंड्दा विवादमा तानिएका छन् । त्यसो त उनी सुरुदेखि नै विवादको घेरामा छन् ।
त्यस्तै ‘नेपोबेबी’ मन्त्रीका रुपमा परिचित सस्मित पोखरेल पनि पदीय जिम्मेवारी बिर्सेर भ्रष्टाचार नियन्त्रणका लागि स्थापित राष्ट्रिय सतर्कता केन्द्रको कार्यकक्ष हडप्न पुगेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको भूईतलाका केही कोठामा खुम्चिएर संचालन हुँदैआएको राष्ट्रिय सतर्कता केन्द्रको एक कोठा स्टोरका लागि खाली गराउने हेतुले मन्त्री पोखरेल मंगलबार आफैं केन्द्रमा दलबलसहित पुगेका थिए ।
नेपाल सरकार प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल मन्त्रिपरिषदको मंगलबारको बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत शिक्षा मन्त्रालयअघि नै पत्रकारहरुलाई उभ्याएर निर्णय सार्वजनिक गरिसकेपछि राष्ट्रिय सतर्कता केन्द्रमा प्रवेश गरेका थिए ।
शिक्षा मन्त्रालय रहेको भवनको तल्लो तलाको आधा भागमा रहेको सतर्कता केन्द्रमा बडीगार्डसहित प्रवेश गरेका उनी सरासर प्राविधिक परीक्षण तथा अनुगमन महाशाखाका प्रमुख अर्जुन सुवालको कार्यकक्षमा छिरेका थिए । मंगलबार अपराह्न ४ बजे बडीगार्ड र सहयोगीसहित मन्त्री पोखरेल उक्त महाशाखामा प्रवेश गर्नासाथ सतर्कता केन्द्रका कर्मचारीहरु त्रसित र आश्चर्यचकित भएका थिए ।
केन्द्रको उक्त प्राविधिक महाशाखाबाट बाहिर निस्केपछि मन्त्री पोखरेलले मनत्रालयको स्टोरका लागि उक्त कार्यकक्ष ठीक रहेको कुरा बताए । मन्त्रालयको स्टोर शाखाका लागि मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा, आन्तरिक शाखाका प्रमुखहरुले नै पहलकदमी लिनुपर्ने हो । तर शिक्षा मन्त्री नै कार्यकक्ष खोज्दै हिंडेपछि केन्द्रका कर्मचारीहरु नै आश्चर्यमा परेका छन् ।
केही समययतादेखि उक्त महाशाखाको कामकारबाही श्रम तथा यातायात मन्त्रालयको भवनमातहत संचालन हुँदैआएको छ । एउटै कोठाभित्र ४ जना अधिकृत र उपसचिव खुम्चेर बसेको केन्द्रलाई नै कार्यालय अपुग भएर श्रम मन्त्रालयको भवनको कोठा लिनुपरेको छ । तर मन्त्री पोखरेलले उक्त कोठा पनि स्टोरका लागि हडप्ने भएपछि केन्द्रको कामकारबाही प्रभावित हुने भएको हो । कार्यालयका लागि केन्द्रले अर्को भवन खोज्नुपर्ने भएको छ ।
मन्त्री पोखरेल शिक्षा मन्त्रालयको स्टोरका लागि केन्द्रको कार्यकक्ष हडप्न उद्यत भएपछि सतर्कताका अधिकारीहरुको लागि काम गर्न कार्यकक्ष नै अपुग हुने चिन्तामा परेका छन् ।
काठमाडौं । चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस...
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ । बिहीबार सुरु हुने भनिएको मतदान प्राविधिक कारण बिलम्ब...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौँ। नेकपा(एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend