काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् ।
मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अन्य दलका आन्तरिक विवादमा हस्तक्षेप नगर्ने पार्टीको धारणा महाधिवेशनसम्बन्धी दस्ताबेजमै स्पष्ट गरिएको बताए ।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनैपनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गर्दैनौँ, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौं,’ सभापति थापाले भने ।
राजनीतिक व्यवस्थाको सञ्चालनमा सरकारसँगै प्रतिपक्षी दलको पनि जिम्मेवारी रहने उल्लेख गर्दै उनले काँग्रेस त्यहीअनुसार अघि बढ्ने बताए । अहिले प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउनुपर्ने पक्षमा काँग्रेस नरहेको उनको भनाइ छ ।
‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौँ, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौँ, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौँ ।’
सभापति थापाले प्रमुख प्रतिपक्षका रूपमा आवश्यक पर्दा सरकारको प्रतिरोधसमेत गर्ने बताए । प्रतिपक्षमा रहेका अन्य दलसँग भने विषयगत आवश्यकताका आधारमा संवाद र सहकार्य गरिने उनले स्पष्ट पारे ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ।...
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र...
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ । सर्वोच्च अदालतका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend