काठमाडौं । पाँच बर्षअघिदेखि अलपत्र इलाम–झापा फास्ट ट्रयाक (केचना–कञ्चनजंघा सडक) को बेलासे–रक्से–गोलाखर्क खण्डको ठेक्का तोड्ने सरकारी निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ । उक्त सडकको ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने इलामस्थित डिभिजन सडक कार्यालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
ठेक्का तोड्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय मुद्दाको फैसला नभएसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीशद्वय श्रीधरकुमारी पुडासैनी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो ।
दुई बर्षमा सम्पन्न हुनुपर्ने ५ बर्षमा पनि ४५ प्रतिशत मात्रै काम भएकाले डिभिजन सडक कार्यालय इलामले ठेक्का रद्द गरेको हो । पाँच बर्षअघि २०७८ असार २९ गते दुई बर्ष अवधिमा कालोपत्रे गर्नेगरी साढे ९ किलोमिटर लामो उक्त सडकको खड्का–कृष्ण सक्षम जेभीले २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो । तर ठेक्का पाएको पाँच बर्ष अवधि ब्यतित भई २०८३ सालको कात्तिकसम्म आइपुग्दा ४५.२८ प्रतिशत मात्रै प्रगति भएको छ ।
पटक–पटक म्याद थप्दा र लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माण कम्पनीले आफ्नो प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै सडक डिभिजन इलामले ठेक्का रद्द गरेको थियो । पटक–पटक लिखित र मौखिक निर्देशन दिंदा पनि ३० महिनामा सक्नुपर्ने काम ५ बर्षमा नसकेपछि डिभिजन सडक कार्यालयले ठेक्का रद्द गरेपछि ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
पाँच बर्षदेखि सडकको हालत धेरै खराब छ । कानुन ब्यवसायीले तर्क राखेर र न्यायाधीशले ठेकेदारको मात्र कुरा त्यो सडकको दुरवस्था नबुझी ठेक्का रद्द नगर्न आदेश दिएका छन् । बेलासे–रक्से–गोलाखर्क खण्डकोे सडकमा यात्रा गर्ने यात्रुहरुले ज्यान माया मारेर यात्रा गर्नुपर्ने बाध्यता कानुन ब्यवसायी र न्यायाधीशले बुझ्न नसकेको त होइन भन्ने सवाल खडा भएको छ ।
सडकको दुरावस्थाले जिल्ला सदरमुकाम पुग्न पनि उस्तै कठिन छ । ठेकेदारहरुले २ बर्षमा सक्ने भनेर लिएको ठेक्का पाँच बर्षमा नसक्दा सरकारसँग ठेक्का रद्द गर्ने र सडक छिटो बनाउने बाहेक बिकल्प छैन । तर ठेकेदारहरुले ठेक्का लिने, मोविलाइजेसनबापतको भुक्तानी लिने र अलपत्र छाड्ने गर्दा क्षतबिक्षत सडकमा यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले ठेक्का रद्द गरेको थियो । तर ठेकेदारहरुले अदालतमा मुद्दा हालेर महंगा कानुन ब्यवसायी राखी आफ्नो पक्षमा आदेश गराउन सफल भएका छन् । बिचौलिया इनम सापकोटा प्रकरणले न्यायालयको छवि नकारात्मक भइरहेको बेला समयमा काम नगर्ने ठेकेदारहरुलाई नै हौसला मिलेको छ ।
त्यसो त सरकारले समयमा काम नगर्ने, सरकारी बोलपत्र सिष्टम नै ह्याक गरी दररेट तलमाथि गरी ठेक्का कब्जा गर्ने ठेकेदारहरुलाई पक्राउ गरी मुद्दा दर्ता गर्दैआएको छ । अब मोविलाइजेसनबापतको भुक्तानी लिएर काम अलपत्र पार्ने ठेकेदारहरुप्रति पनि सरकार कठोर बन्ने अवस्था उत्पन्न भएको छ ।
त्यसो त विगतमा ठेक्कामा हुने मिलेमतो रास्वपाको सरकार गठनपछि पनि हट्न सकेको छैन । पूर्वाधार विकासम मन्त्री सुनिल लम्सालले ठेक्कामा हुने मिलेमतो अन्त्य गरी पारदर्शीता अपनाउने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरिसकेका छन् । काममा गुणस्तर नहुने र समयमा सम्पन्न हुन नसकेको अनुभवबाट सिकेर लागत स्टीमेट भन्दा धेरै कममा परेका टेण्डर सदर नगर्ने नीति सरकारले बनाएको छ ।
सेटिङ रोक्नेगरी खरिद नियमावली ल्याए पनि ठेकेदारहरुले घुमाउरो बाटोबाट मिलेमतो गर्न थालेका छन् । हालसालै भएका केही ठेक्कामा ठेकेदारहरुले घुमाउरो तरिकाबाट सेटिङमा ठेक्का हत्याउनेगरी अगाडि बढेका छन् । तीन वटा योजनामा तीन ठेकेदार मिलेर फरक फरक दररेटमा टेण्डर प्रस्ताव हाल्ने गरिएको छ ।
प्रत्येक ठेक्कामा तीन ठेकेदारले एउटा कम्पनीले लागत स्टीमेटभन्दा थोरै कम, लागत स्टीमेट भन्दा बढी र तेस्रोले लागत स्टीमेट भन्दा धेरै कममा टेण्डर बीट गर्ने गरेको स्रोतले बताएको छ । यसरी तीन वटा ठेकेदारमध्ये जसले लागत स्टीमेट भन्दा थोरै कममा टेण्डर बिट गरेको छ, उसैले पाउने निश्चित हुन्छ । सरकारले पारदर्शी रुपमा बोलपत्र गर्ने क्रम सुरु गर्न खोजे पनि केही ठेकेदारहरुले यसरी घुमाउरो तरिकारले ठेक्कामा सेटिङ गरिरहेको स्रोतको दाबी छ ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलनसम्बन्धी ६ करोडभन्दा बढीको ठेक्का प्रकरण विवादमा परेको छ । न्यूनतम कबोल रकमभन्दा करिब २ करोड ९५...
काठमाडौं । बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)को कार्यकारी निर्देशकका लागि पुनः विज्ञापन आह्वान गरिएको छ । २०८३ कात्तिक २१ गते २१ दिनको म्याद दिएर कार्यकारी...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका निवर्तमान सचिव डा. रोशन पोखरेलले पद सम्हालेपछि खरिद प्रक्रियामा जोड दिई आफ्ना नजिकका स्वास्थ्य सामग्री तथा उपकरण...
काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाहरुको संगठन स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको असोज २७ गते...
काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend