काठमाडौं । सहकारी नेटवर्किङ खडा गरेर लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरी फरार जीबी राई अहिलेसम्म फेलापरेका छैनन् । पटक–पटक सरकार फेरिए पनि अहिलेसम्म जीबीलाई खोजेर ल्याउन सकेको छैन । झन् बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि जीबीको विषय सामसुम भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै सांसदले जीबीलाई खोजेर ल्याएर बचतकर्ताको पैसा फिर्ता दिनुपर्ने भनी आवाज उठाउँदैन । यसले आमनागरिकबीच एउटा बहस छेडिएको छ–सरकारले किन जीबीलाई खोजेर ल्याउन चाहिरहेको छैन । सहकारीमा करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ फसेको छ ।
आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर राखेको, विदेश गएर कमाएको, जागिर खाएर र ज्याला मजदुरी गरेर बचत गरेको पैसा सहकारीले खाइदिएको छ । सहकारी पीडितहरु बर्षौंदेखि पीडामा छन् । तर, सरकार भने जनताको पैसा खाएर भाग्नेलाई कारबाही गर्न चासो देखाउँदैन ।
प्रायः सहकारी डुबिसकेका छन् । बैंक संकटमा छन् । लघुवित्त र फाइनान्स पनि सिथिल अवस्थामा छन् । यस्तो हुनुमा सरकारको कमजोरी छ । सरकारले इजाजतपत्र दियो, तर नियमन गरेन । जसको असर आमनागरिकले भोग्नुपरेको छ । बैंक तथा वित्तीय संस्थालाई सरकारले थितिमा राखेको भए, सायदै आज नागरिक डुब्थे होला ।
जहाँ गए पनि बैंक तथा वित्तीय संस्था पीडित भेटिन्छन् । कुनै बैंक पीडित छन् त कुनै सहकारी, लघुवित्त र फाइनान्स पीडित । सार्वजनिक स्थल, यातायातमा उनीहरु आफ्नो पैसा फसेको गुनासो सुनाइरहेका हुन्छन् । पाँच वर्षअगाडि सरकारी बैंकले १२ प्रतिशत ब्याज दिन्थे ।
निजी बैंकले १६ प्रतिशतसम्म ब्याज दिँदै आएको थिए । सहकारी, लघुवित्त र फाइनान्सले १४ देखि २२ प्रतिशतसम्म ब्याज दिने गरेको थिए । ब्याजको लोभमा जनताले घरखेत बेचीबेची पैसा ल्याएर वित्तीय संस्थामा राखे । बैंकमा पैसा राख्ने, ब्याजले बसीबसी खाने प्रवृत्ति मौलायो ।
बैंक तथा वित्तीय संस्था डुबिसकेका छन् भन्ने कुरा लुकाएर पनि नलुक्ने अवस्थामा छ । ९५ प्रतिशत सहकारी, लघुवित्त, फाइनान्स बन्द भइसकेका छन् । पाँच प्रतिशतले पनि पैसा फिर्ता दिन सकिरहेका छैनन् । आफ्नो घरमा बसेको बैंक तथा वित्तीय संस्था हटाइपाऊँ भन्दै प्रहरी र वडामा उजुरी दिने घरधनी यत्तिकै छन् ।
कारण हो–डर र थुप्रिएको भाडा । एकातिर घरधनीलाई बचतकर्ताले घर तोडफोड गरिदिने हो कि भन्ने डर छ भने अर्कोतिर महिनौंदेखि भाडा पाएका छैनन् । बैंकका बचतकर्ताहरुका अनुसार बैंकले अहिले पौने तीनदेखि तीन प्रतिशत दिन्छ । पहिले नेपाल राष्ट्रबैंकले साताको तीनपटक बजारबाट तरलता तान्थ्यो ।
अहिले दिनहुँ पैसा राष्ट्रबैंकले बैंकबाट तान्छ । राष्ट्रबैंकले त्यो पैसा लगेर थुपार्छ । न त्यो पैसाबाट केही आम्दानी हुन्छ न केही । बैंकको आम्दानीको स्रोत के छ ? खर्च छ, आम्दानी छैन । यस्तो अवस्था हुँदासमेत बैंकले बजारबाट पैसा उठाउन छोडेको छैन । एकछिन अगाडि बैंकले बचतकर्ताबाट पैसा उठाउँछ, एकछिन पछाडि राष्ट्रबैंकले लिएर जान्छ ।
यता, बैंकले एटीएमबाट दिने पैसाको दर पनि घटाएको छ । पहिले एकपटकको ५० हजारसम्म दिँदै आएकोमा २० हजारमा सीमित गरिएको छ । बैंकको कर्जा लगानी जम्मा चार क्षेत्रमा छ । घरजग्गा, गाडी, सेयर र सुन । बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, हाइड्रोपावरलगायतका कम्पनीले एक सय रुपैयाँ कित्तामा सेयर निकास गर्छ ।
दलालीहरुले त्यसको कृत्रिम मूल्य बढाएर ३२ सय रुपैयाँ पुर्याएका छन् । त्यसमा बैंकले ८० प्रतिशत लगानी गरेको छ । अनि बैंक जोखिममा पर्नु स्वाभाविकै हो । १५ देखि २० हजार रुपैयाँ रोपनीमा बिक्री नहुने डाँडापाँखामा डोजर चलाएर भूमाफियाले सम्म बनाए । काठमाडौं, पोखरा लगायतका सहरका सरकारी जग्गामा समेत प्लटिङ गरे । २०२१ सालको नापी अनुसार काठमाडौं उपत्यकादेखि पोखरा लगायतका सहरका सरकारी जग्गा खोजी गर्ने हो भने भयावह ढंगले अतिक्रमण भएको तस्वीर देखिनेछ ।
भूमाफियाले डाँडाकाँडा डोजर लगाएर प्लटिङ गरेका जग्गा आनाको २५ लाखदेखि करोडौंमा बेचियो । त्यसमा कर्जा लगानी गर्ने फेरि बैंक तथा वित्तीय संस्था नै हुन् । अहिले घरजग्गा कारोबारमा मन्दी आएपछि बैंक तथा वित्तीय संस्था संकटमा परेका छन् । सबैतिर कृत्रिम मूल्य बढाइएकोमा बैंक तथा वित्तीय संस्थाले आँखा चिम्लेर लगानी गरे ।
त्यसैले बचतकर्ताको पैसा जोखिममा परेको छ । भूमाफियाहरुले कीर्ते गरेर सरकारी सम्पत्ति व्यक्तिको नाममा लगेका छन् । उदाहरणका लागि बालुवाटारको ललिता निवास, बाँसबारीको छाला जुत्ता कारखाना, बालमन्दिरको जग्गा । यी जग्गा धितो राखेर मुलुकका गन्यमन्य व्यापारीहरुले बैंकबाट कर्जा लिएका छन् ।
सरकारले यी जग्गा सरकारीकरण गरेसँगै बैंकहरु अप्ठेरोमा फसेको छ । बैंकले कहाँबाट लगानी गरेको कर्जा उठाउने ? सरकारले २०२१, २०२८ र २०३२ सालपछिको जग्गाको दर्ता खारेज गर्ने निर्णय गर्यो भने बैंकहरु चुर्लुम्मै हुन्छन् । नाफा कमाउनका निम्ति बैंकले आँखा चिम्लेर लगानी गर्दा यो स्थिति आएको हो । जसको परिणाम बैंकले भोगिरहेका छन् ।
बजेटको सम्मुखमा अर्थमन्त्रीकै तहबाट भन्सार दर हेरफेर हुने सूचना चुहाएर आयात गरिएका साढे सात सय बीवाईडी ब्रान्डका बिजुली सवारी साधन प्रहरीले नियन्त्रणमा लियो ।
भन्सार दर हेरफेर हुने सूचना चुहाएर कसरी गाडी आयात गरिने रहेछ ? अहिले छर्लङ्ग भएको छ । विगतमा पनि यसरी नै गाडी आयात हुने गरेको सो घटनाले पुष्टि भएको छ । कस्तो क्षेत्रमा लगानी गर्ने ? कति लगानी गर्ने ? कसरी लगानी गर्ने ? राष्ट्रबैंक र अर्थ मन्त्रालयले नीति बनाएन । विलासी वस्तुमा लगानी नगरौं, उद्योग खोलौं भनेर सरकारले सिकाएन ।
२०२२ सालमा ८० रुपैयाँ तोलामा बिक्री नहुने सुन केही महिनाअघि झण्डै चार लाख रुपैयाँ पुर्याइयो । बैंकबाट न ऋण लिने मान्छे छन् न कर्जा तिर्ने । ऋणीबाट लिनु छ करोडौं, धितो छ लाखको । अब बैंकले कसरी आफ्नो कर्जा लगानी उठाउँछ । घुस खाएर बैंकका सञ्चालक र कर्मचारीले एक करोडको धितो राखेर तीन करोड रुपैयाँ ऋण दियो ।
अहिले बैंकलाई कर्जा उठाउन हम्मेहम्मे परेको छ । ऋणीले ऋण नतिरेमा बैंकले उठाउने धितो लिलाम गरेर हो । एकातिर धितोको मूल्य स्वाट्टै घटेको छ भने अर्कोतिर धितो किन्ने मान्छे पनि छैनन् । यसले बचतकर्ताको पैसा डुब्ने जोखिम बढेको छ । बैंकले सस्तो ब्याजमा कर्जा दिन्छुभन्दा पनि लिन जाने कोही छैनन् ।
कर्जा लिएर पनि कहाँ लगानी गर्ने ? जता लगानी गरेपनि डुब्नेमात्रै हो । व्यापार व्यवसाय डाँवाडोल छ । जनतालाई डुबाउने अर्थमन्त्रालय र राष्ट्रबैंक हो भने सहकारीका बचतकर्ता डुबाउने सहकारी विभाग र सहकारी मन्त्रालय । करका लागि सरकारले धमाधम लाइसेन्स दियो ।
तर, नियमन गरिएन । बैंक तथा वित्तीय संस्थालाई जे गर्न पनि छुट । अहिले त्यसको असर बचतकर्ताले भोगिरहनुपरेको छ । सरकारले बचतकर्ता त डुबायो नै साथै सहकारीका सञ्चालकलाई समातेर ल्याउन पनि नाकाम भएको छ । रास्वपा सभापति रवि लामिछाने र जीबीले मिलेर ग्यालेक्सी टिभीमा हाले ।
रास्वपाको सरकार छ । तर, जीबीलाई समात्ने कुरै गर्दैन । यसले जनतामा शंका उब्जाएको छ । आफू जोगिनका लागि जिबीलाई नसमातिएको हो भन्ने बुझ्न धेरै दिमाग लगाउनुपर्दैन ।
छानबिन समितिको नाममा गगन थापाको शब्दमा छलछाम समितिले सुनपानी छर्किएर चोख्याएपछि मंगलबार गृहमन्त्री भएका सुधन गुरुङले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरुको खोजी गर्छु भन्दैनन् । २५ बर्षअघिको इतिहासको गर्तमा पुरिइसकेको र सेनाको घेरामा रहँदा पारिवारिक कलहका कारण दीपेन्द्र शाहबाटै भएको वीरेन्द्र शाहका परिवारको हत्याकाण्ड पत्ता लगाउँछु भन्दै जनतालाई दिगभ्रमित पार्न तल्लीन छन् । रुषा थापा
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend