Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुधन गुरुङको छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्त्वमा समिति गठन


    बिहिबार, बैशाख ३१ २०८३
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ शेयर प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

    मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले समिति गठन गरेको हो । गुरुङ गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको जनाइएको छ ।

    समितिका सदस्यहरुमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहनेछन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।

    ब्यवसायी दीपक भट्टको दुई लघुवीमा कम्पनीको सेयर विवादमा गुरुङले पदबाट राजीनामा दिएका थिए । उनलाई छानबिन समिति गठन गरी चोख्याएर पुनः गृहमन्त्रीमै फर्काउनका लागि छानबिन समिति गठन गरिएको चर्चा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार