नुर्बु स्याङ्बो घले नौकुण्ड गाउँपालिका रसुवाका अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । यो गाउँपालिकामा भदौ १० गतेको महाबिनाशकारी बाढीमा अन्य गाउँपालिकाको तुलनामा कम क्षति भएको छ । तथापि खोजी, उद्दार र राहतका लागि गाउँपालिकाका जनप्रतिनिधिहरु अत्यन्तै सक्रियताका साथ खटिइरहनुभएको छ । यसै बिषयलाई लिएर अध्यक्ष घलेसँग गरिएको छोटो अन्तर्वार्ताः
० तपाईंको गाउँपालिकामा कति क्षति पुगेको प्रारम्भिक आँकलन आएको छ ?
हाम्रो गाउँ पालिकामा ६२ जना हराएका छन् । रसुवामा अन्य ठाउँमा जाने बाटो नौकुण्डबाट गएको छ । बाटोघाटोको असुविधा भएको कारण ठूलो समस्या परेको छ । त्रिशुलीबाट आउने बाटो बन्द भएको छ । त्यसैले ठूला गाडीहरु आउन सक्तैनन् । ६२ जना हराएको एकीन भएतापनि बसाई सराई गरेका र यात्रा गर्ने क्रममा यहाँसम्म आइपुगेकाहरु गर्दा ६७/६८ जना फसेको बताइन्छ ।
० गाउँपालिकामा खाद्यान्न मौज्दातको कस्तो अवस्था छ ?
बर्षायाममा सबै बाटो बिग्रिएर गाउँ–गाउँमा मोटर पुग्न सक्दैन । लाच्याङ, भोर्ले, समरथलीमा चाहिँ त्यति असर देखिँदैन तथापि खानेकुराहरु तेल, नूनहरु सिद्धिएको अवस्था छ ।
० यो गाउँपालिकाले अर्को गाउँपालिकालाई पनि सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा एक जना अध्यक्षले पनि सार्वजनिक गर्नुभएको छ नि ?
नौकुण्ड गाउँपालिकाले १० गतेको बिनाशपश्चात् ११ र १२ गते बिपदलाई मध्यनजर गरी छिमकी उत्तरगया गाउँपालिका केही खाद्यान्न पठाएको हो । राज्यबाट पनि उक्त समयमा राहत आउने कुरै थिएन । त्यसैले मानवताका नाताले बाँच्नका लागि मात्रै भएपनि नून, तेल चामलमात्रै पठाएका हौं ।
० राज्यबाट कस्तो खालको सहयोग उपलब्ध भएका छन् त ?
हामी पाँच वटा गाउँपालिकामध्ये कम पीडामा परेका छौं । आज हामीले बैठकबाट निर्णय गरी राज्यबाट प्राप्त राहत सहयोगहरु एकद्वार नीतिबाट नै पालिकाले वितरण गर्ने भन्ने सहमति गरिएको छ । यो पालिकामा पनि अत्यन्तै दुःख छ । किनकि चामललगायतका खाद्यान्नहरु आएको छैन । ठूला गाडीहरु आउन मानिरहेका छैनन् । आइतवारदेखि यहाँबाट ७ बजे जाने र तलदेखि ११ बजेसम्म फर्कने गरी व्यवस्था मिलाइएको छ ।
० यो पालिकामा परेका जलविद्युत आयोजनामा के कस्तो क्षति र असर परेको जानकारी पाउनुभएको छ ?
यो पालिकामा बेत्रावती हाइड्रोपावर र रसुवा हाइड्रोपावर गरी दुई वटा पर्दछन् । जुन ७ र १४ मेगावाटका छन् । जहाँ काम भइरहेको छ । तिनीहरुलाई पनि हामीले गाउँपालिकाको दैवी प्रकोप खातामा जम्मा गर्नु भनी निर्णय गराएका छौं ।
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend