ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको कमाण्डमा परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा २०८३ भदौ २२ गते दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९ च्यासलमा कारबाही गरेको हो ।
कारबाहीका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सुजित देउला पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ। लागूऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा होन्डा डिओ स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ‘केजीएफ च्याप्टर–२’ नामबाट नेपालमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि इन्टेलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले कारबाही गरेको थियो। उक्त कारबाहीका क्रममा दुई लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद भएको टिपोटमा उल्लेख छ ।
यसै सञ्जालका नाइके भनिएका वीरधोज तामाङ उर्फ ‘वीरु’ ले कारागारबाटै लागूऔषध कारोबार सञ्चालन गरिरहेको आशंकासमेत प्रहरी अनुसन्धानको दायरामा रहेको छ। च्यासलबाट पक्राउ परेका राई र देउलाको उक्त समूहसँगको सम्बन्ध तथा उनीहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेकाहरूबाट लागूऔषधको स्रोत, कारोबारको तौरतरिका, वितरण सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिबारे महत्वपूर्ण सूचना प्राप्त हुन सक्ने प्रहरीको अपेक्षा छ। घटनामा संलग्न थप व्यक्तिको खोजी तथा पहिचानको कामसमेत भइरहेको बताइएको छ ।
बरामद लागूऔषध र स्कुटरसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।
काठमाडौं । गएको भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकहरूको...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
काठमाडौँ । पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका...
काठमाडौं । बार्षिक २२ देखि २५ अर्ब रुपैयाँ कारोबार भएका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिका मालिक कमलकिशोर मालपानी र उनका छोरा नितेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend