काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १स्०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त विवरण दिएको हो ।
जसमा चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।
हालसम्म कुल ५ हजार ३२६ जना मानिसहरू सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । जसमा रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन् । बेपत्ता हुनेहरूमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ र बैङ्क तथा वित्तीय संस्थाका २६ जना कर्मचारी छन् । यसका अतिरिक्त नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ । बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ । जसमध्ये नेपाली सेनाबाट ३ हजार ४०४, सशस्त्र प्रहरीबाट ३ हजार ९६ र विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको छ । अस्पतालमा उपचाररतमध्ये २४२ जना डिस्चार्ज भइसकेका छन् ।
उद्धार कार्यका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन् । वायुसेवामार्फत उद्धार र राहतका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान भरेका छन् ।
विस्थापित नागरिकका लागि रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १९१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
यसैबिच, प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्यास पठाइएको छ । प्रभावितहरूको मनोसामाजिक परामर्शका लागि स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ। बिजुली आपूर्तिको स्थिति हेर्दा धादिङमा ९९।८ प्रतिशत, नुवाकोटमा ९६।७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सुचारु भइसकेको छ ।

काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
नुर्बु स्याङ्बो घले नौकुण्ड गाउँपालिका रसुवाका अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । यो गाउँपालिकामा भदौ १० गतेको महाबिनाशकारी बाढीमा अन्य गाउँपालिकाको तुलनामा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend