रसुवामा पोषणयुक्त खानेकुरा स्याचेट (RUTF) बुझ्दै कर्मचारी
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ ।
बाढीका कारण खाद्य आपूर्ति तथा बालबालिकाको नियमित पोषणमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा RUTF तत्काल प्रभावित क्षेत्रमा पठाइएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, केन्द्रीय मेडिकल स्टोर, पथलैयाबाट ३० हजार स्याचेट RUTF रसुवाका लागि पठाइएको हो । बाढीपछि बालबालिकामा कुपोषणको जोखिम बढ्न सक्ने भएकाले उपचारात्मक पोषण सामग्रीको उपलब्धतालाई मन्त्रालयले प्राथमिकतामा राखेको जनाएको छ ।
RUTF यसअघि मुख्यतः गम्भीर तीव्र कुपोषण (Severe Acute Malnutrition–SAM) भएका बालबालिकाको उपचारमा प्रयोग हुँदै आएको थियो। तर विपद्का कारण खाद्य असुरक्षा बढेको अवस्थामा मध्यम कुपोषण (Moderate Acute Malnutrition–MAM) भएका तथा कुपोषणको जोखिममा रहेका बालबालिकालाई समेत आवश्यकता र स्वास्थ्य मापदण्डअनुसार पोषण सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।
मन्त्री मेहताले विपद्का कारण कुनै पनि बालबालिका खानाको अभाव वा पोषणको कमीका कारण कुपोषणको सिकार हुन नपरोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषण सामग्रीको आपूर्ति तत्काल सुनिश्चित गर्न निर्देशन दिएकी हुन् ।
बाढी प्रभावित क्षेत्रमा कुपोषणसँगै झाडापखाला, हैजा तथा अन्य पानीजन्य र सरुवा रोगको जोखिम समेत रहने भएकाले बालबालिकाको पोषण अवस्था र स्वास्थ्यको नियमित निगरानी आवश्यक रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
३० हजार स्याचेट RUTF रसुवा पठाइनुले बाढी प्रभावित बालबालिकाको पोषण सुरक्षा बलियो बनाउन तथा कुपोषणको अवस्था बिग्रन नदिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend