काठमाडौं । बाणिज्यको अनुभव भएका उपससिवलाई खटाउनुपर्ने कोलकाता र जेनेभाको कन्सुलर(बाणिज्य)को नियुक्ति कांग्रेस–एमालेले भागबण्डामा गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका आकर्षक ठाउँमा बसेका र दर्जनौं पटक विदेश सयर गरेका उपसचिवहरु नै बाणिज्य दूत (कन्सुलर)का लागि सिफारिस भएका छन् ।
गृहमन्त्री रमेश लेखकका आफन्त उपसचिव दिपेश लेखकलाई कोलकाताको कन्सुलर बनाउन लागिएको छ । गण्डकी प्रदेशका एमालेका नेताहरुको भागबण्डामा कास्कीका लीलाधर अधिकारीलाई जेनेभाको कन्सुलर बनाउन लागिएको छ ।
करिब १० दिनअघि उपसचिवद्वय दिपेश र लीलाधरलाई कन्सुलरमा पठाउनकै लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा गरिसकिएको छ ।
केही दिनभित्रै जेनेभा र कलकत्तामा कन्सुलर रिक्त हुँदैछन् । रिक्त नहुँदै ती नियुक्तिका लागि लेखक र शर्मा परराष्ट्रमा लगिएका छन् । लेखकले डब्लुटीओ शाखा हेर्दैआएका थिए । त्यसका अतिरिक्त उनले बालाजुमा अवस्थित राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र(एपीओ) को निर्देशकको दोहोरो भूमिका निर्वाह गर्दैआएका थिए । उक्त केन्द्रले विदेशमा उद्योगीहरुको बृत्तिविकासको लागि तालिम लगायतका काम गर्दैआएको छ ।
हरेक एपीओको कार्यक्रममा आफ्नै नाम सिफारिस गरेर उद्योग मन्त्रालयमा बसेर छोटो समयमै दर्जन भन्दा बढी देशको भ्रमण गरेर कीर्तिमान कायम गरेका लेखकलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको पूर्ण साथ र सहयोग रहँदैआएको थियो । डब्लुटीओ शाखा समेत हेर्दैआएका लेखकको उक्त शाखा बैदेशिक भ्रमणका लागि महत्वपूर्ण मानिन्छ । दुबैतिरबाट विदेश जाने मौका पाएका उपसचिव लेखकलाई पुनः पुरस्कृत गरी मासिक लाखौं डलर तलब सुबिधा पाउनेगरी अन्तर्राष्ट्रिय मिसनमा पठाइँदैछ ।
त्यस्तै अर्का उपसचिव लीलाधर पनि मन्त्रालय आएको छोटो समयमै अन्तर्राष्ट्रिय मिसनमा जाने भाग्यमानीमा दरिएका छन् । लेखक र लीलाधरको ठाउँमा जानका लागि उपसचिव सिर्जना तिवारी, तर्कराज भट्ट र बुद्धिप्रसाद उपाध्यायले ठूलो कसरत गरेका थिए । तर उनीहरुको जोड चलेन, लेखक र लीलाधरले बाजी मारेका छन् ।
सिर्जना पटक पटक अन्य मन्त्रालयमा सरुवा भए पनि जेनेभा र कोलकाता जानका लागि उद्योगमै थमौती हुँदैआएकी थिइन् । उद्योग सचिव कृष्णबहादुर राउतले तिवारीलाई कोलाकाता र जेनेभा पठाउन प्रयास गरे पनि उनले समेत सकेनन् । आश्वासन दिएर पनि पठाउन नसकेपछि अहिले तिवारी मन्त्री र सचिवप्रति रुष्ट भएकी छन् ।
कन्सुलर पद पहुँचवाला उपसचिवले मात्रै पाउने ?
यसअघि पनि जेनेभा र कोलकाताको बाणिज्यदूतमा दुई शक्तिशाली उपसचिवहरुले नै मौका पाएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग मन्त्री दिलेन्द्र बडुका पीएले कोलकाता र जेनेभाको कन्सुलर भएका थिए ।
२०७९ साउनमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले कार्यबिधि मिचेर आफ्ना निजी सचिवसमेत रहेका उपसचिव दुर्गा भूसाललाई जेनेभाको (कन्सुलर) पदमा पठाउने निर्णय गरेका थिए । भूसाल राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी युवराज भूसालका भाइ भएकैले अवसर पाएको चर्चा भएको थियो । २०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सचिव जनक भट्टलाइ कलकत्ताको कन्सुलरमा पठाएका थिए ।
विगतमा बाणिज्य मन्त्रालयले जेनेभा र कलकत्ता पठाउनका लागि कार्यबिधि बनाएर त्यसअनुरुप पठाउने गरेकोमा केही बर्षदेखि शक्ति र पहुँच हुने उपसचिवहरुलाई मात्र पठाउने गरिएको गुनासो छ ।
यी दुवै निकायमा मापदण्ड अनुसार बाणिज्य क्षेत्र बुझेका व्यक्तिलाई पठाउने गरिन्थ्यो । तर, पछिल्ला दिनमा आफ्ना निकटका व्यक्तिलाई पठाउने गरिएको छ । लामो समय बाणिज्य मन्त्रालयमा काम गरेका उपसचिवले मौका नै नपाएपछि यी पद पहुँचवालाका निकट हुन सक्ने उपसचिवका लागि मात्र हुन् भन्ने भाष्य निर्माण भएको छ ।
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
सुयोग शर्मा काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् ।...
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend