काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवका बारेमा अनेक किस्साहरु आउने क्रम जारी रहेको छ । अमरेशकुमार सिंहले अस्वीकार गरेको दाबी गरिएको उक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहका निकट मानिएका प्यूठानका सांसद सुशान्त बैदिकले केही दिन अघोषित मन्त्रीको भूमिका पूरा गरेका थिए ।
नेपालको शासकीय इतिहासमै नियुक्ति नै नपाई मन्त्रीसरह कार्यभार सम्हाल्ने मौका सुशान्तले पाए ।
कानुनी हैसियत नै नभए पनि उनको निर्देशन सचिव र बिभागीय प्रमुखहरुले लुरुलुरु कार्यान्वयन गर्न बाध्य भएका थिए । भावी उद्योग मन्त्रीकै रुपमा उनी प्रस्तुत हुने गरेका थिए । मन्त्रीको कार्यकक्षमै दैनिक जाने, कर्मचारी बोलाएर निर्देशन दिने, ब्रिफिङ लिने जस्ता कार्यहरु सुशान्तले गरिरहेकै थिए । तर अचानक सो मन्त्रालयमा उनी मन्त्री हुन भने पाएनन् ।
प्रधानमन्त्रीकै गृहजिल्लाकी गौरीकुमारी मन्त्रीका रुपमा नियुक्त भइन् । सपथ लगत्तै बहाली भएकै कुर्सीबाट उनले निर्देशन दिने क्रममा अनौठो किसिमको ब्यवहार देखाएको कर्मचारीले महसुस गरेका थिए ।
अनुभवी महिला मन्त्रीका रुपमा आएपछि अभिभावक सम्झिएका कर्मचारीहरुलाई अगाडि राखेर आफ्नो घर बिचौलियालाई नदेखाउन र बुझ्दै नबुझी मन्त्रालय मातहतका निकायमा ब्यापक भ्रष्टाचार हुने गरेको तथ्यहीन आरोप लगाउन पछि परिनन् । बहालीकै समयमा कर्मचारीलाई लल्कारेकी गौरीले आफ्ना निजी सचिवमा कम्पनी रजिष्टार कार्यालयबाट उपसचिव सन्ध्या सिग्देललाई ल्याएर राखेकी छन् ।
यसअघिका उद्योग मन्त्री अनिलकुमार सिन्हाका निजी सचिव सरोज पोखरेललाई स्थानीय तहमा खटाइएको छ । मन्त्री गौरीकुमारीले स्वकीय सचिवको हालसम्म नियुक्ति गरेकी छैनन् । उद्योग मन्त्रालयमा स्वकीय सचिव राख्न गौरीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले दबाब दिइरहेको स्रोतले नेपालफेसलाई बतायो । तर गौरीले त्यो दबाब कार्यान्वयन गर्न मानिरहेकी छैनन् ।
मन्त्री गौरीकुमारीको अर्को रोचक पक्ष के छ भने उनकी छोरी केही समयअघि शाखा अधिकृतका रुपमा उद्योग मन्त्रालयमै कार्यरत थिइन् ।
राष्ट्रिय योजना आयोगबाट उद्योग बिभाग जानका लागि उद्योग मन्त्रालयमा सरुवा मिलाएकी छोरीलाई तत्कालीन महानिर्देशक राजेश्वर ज्ञवालीले रोकेका थिए । र, उनीनिकट अधिकृत लगेका कारण कृतिका रोकिएकी थिइन् । त्यहीबीचमा उनलाई अमेरिका अध्ययनको छात्रबृत्ति मिल्यो । त्यसमा झन् रोचक त के छ भने उनको अध्ययन बिदा लामो समयसम्म स्वीकृत नगरी रोकेका सचिव कृष्णबहादुर निर्वाचन आयोगमा चुनावमा कुस्त कमाईवरी उद्योगमै फर्किएका छन् ।
हिजोका दिनमा अध्ययन बिदा स्वीकृत नगरेका राउतले तिनै अधिकृतकै आमा मन्त्री भएर आएपछि असहज महसुस गरिरहेको स्रोत बताउँछ । उद्योग मन्त्रालयमा हुँदा कृतिकाले झेलेको पीडा मन्त्री गौरीले बहालीको क्रममा ब्यक्त गरेकी त होइनन् भन्ने चर्चा पनि हुने गरेको छ ।
बाणिज्य बिभागका महानिर्देशक रोशन ज्ञवाली भने मन्त्री गौरीकुमारीलाई रिझाउन कसरी सकिन्छ भनेर सम्पर्क सूत्रहरुको खोजीमा लागेका छन् । बिभागको महानिर्देशक भएपछि सिन्कोसम्म नभाँचेका ज्ञवालीले यसअघिका मन्त्री सिन्हाका निजी सचिव सरोज पोखरेलसँग ब्यापारीलाई दुःख दिने र लाभ लिनेमै आफ्नो समय ब्यतित गरेका थिए ।
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend