काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा छोरीको बोलवाला चल्ने गरेको छ । बिचौलियामुक्त सेवा दिने नारा लगाउँदैआएकी उद्योग मन्त्री गौरीकुमारी यादवले मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण बिभाग वा निकायका सरुवा छोरीको सिफारिसमा गर्ने गरेको खुलासा भएको छ ।
मन्त्री यादवकी छोरी कात्तिका यादव शाखा अधिकृत हुन् । उनी अहिले अमेरिकामा अध्ययनरत छिन् । उद्योग मन्त्रालयमा कार्यरत यादव अध्ययन गर्न अमेरिका पुगेकी हुन् । उनको तलवी अध्ययन बिदा अस्वीकृत गर्ने सचिव कृष्णबहादुर राउत निर्वाचन आयोगमा सरुवा भएर चुनाव सकेर हाल उद्योग मन्त्रालयमै फर्किए ।
उनी फर्केलगत्तै गौरीकुमारी उद्योग मन्त्री भएकी हन् । मुख्यसचिव बन्ने लाइनमा रहेका राउत मन्त्रालयमा मन्त्रीका आज्ञापालकका रुपमा मात्र देखिएका छन् । कर्मचारीको संरक्षण नगरी मन्त्री र उनको सचिवालयले लाए अह्राएको काम गर्नेमा राउत सीमित भएको आरोप छ ।
सचिव कमजोर बन्दा उद्योग मन्त्रालयको प्रशासनिक संयन्त्र इतिहासकै सबैभन्दा कमजोर बन्न पुगेको कर्मचारी नै बताउँछन् । बाणिज्य सचिव रिक्त भएपछि राउतले नै पूरै मन्त्रालय नै चलाउँदैआएका छन् ।
मन्त्री गौरीकी छोरीले अमेरिकाबाटै दिएको निर्देशन पालना गर्न उद्योग मन्त्रालयका कर्मचारीहरुको दैनिकी जस्तै बन्न पुगेको छ । उद्योग बिभाग, मन्त्रालय र अन्य निकायका महत्त्वपूर्ण स्थानमा छोरीकै सिफारिस अनुसार सरुवा र पदस्थापन हुने गरेको छ । त्यसको ज्वलन्त पछिल्लो उदाहरण हो, बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)मा निमित्त कार्यकारी निर्देशकमा डा. दिवाकर लुईटेललाई दिइएको जिम्मेवारी ।
लुईटेल राष्ट्रिय योजना आयोगबाट मन्त्रालयमा सरुवा हुँदै सेजमा पुग्नुमा कात्तिकाकै भूमिकाले काम गरेको छ । कात्तिका केही बर्षअघि राष्ट्रिय योजना आयोगमा कार्यरत थिइन् । मन्त्रीको निजी सचिवमा कम्पनी रजिष्टार कार्यालयबाट काजमा ल्याइएकी उपसचिव सन्ध्या सिग्देल छोरीकै सिफारिसमा परेकी हुन् ।
उद्योग मन्त्रालयमा दरबन्दी नै नहुँदा अनावश्यक रुपमा मन्त्रालयमातहतका निकाय र बाहिरबाट दर्जनौं कर्मचारीहरु काजमा ल्याइएको छ । यस्तो जथाभावी काज गर्न छोरीकै सिफारिसले काम गरेको स्रोत बताउँछ । सरकारले अनावश्यक दरबन्दी कटौती गर्ने र काजमा कार्यरतलाई दरबन्दीमा फर्काउने अभियान चलाए पनि उद्योग मन्त्रालयमा भने ठीक उल्टो भइरहेको छ ।
दिनहुँ सादा कागजमा छोरीको सिफारिसमार्फत् आएका कर्मचारीहरुलाई काजमा झिकाउने काम भइरहेको छ । सचिवले मनपरी काज रोक्नुपर्ने हो, तर मन्त्री रिसाउने त्रासमा राउतले खुरुखुरु सदर गर्दैआएका छन ।
राष्ट्रिय सतर्कता केन्द्रले दरबन्दीबाहेकका कर्मचारीलाई सम्बन्धित कार्यालयमा फिर्ता गर्नका लागि सबै निकायलाई निर्देशन दिए पनि उद्योग मन्त्रालयले भने पालना नगर्न पनि छुट पाउँदैआएको छ । मन्त्रालयले बाणिज्य बिभागको महानिर्देशकमा मोतिराम सापकोटालाई पठाएको छ ।
गण्डकी प्रदेशबाट आएका सापकोटाले महानिर्देशकको काम सुरु गरिसकेका छन् । सेजमा रहेका मेघ शंकरलाई निमित्त दिएको एक महिना नपुग्दै छोरीको आग्रहलाई टार्न नसकी लुइँटेललाई पठाइएको छ । उनी सेजमा हाजिर भए पनि प्रशासनिक र आर्थिक अधिकार पाएका छैनन् । एकातिर बुझ्दै नबुझ्ने र बुझ्न नचाहने मन्त्री, उनकी छोरीको अमेरिकाबाटै हुने गरेको सिफारिस र सल्लाहकार अंकित र गुन्जनको अनुचित दबाबका कारण मन्त्रालय र मातहतका कर्मचारीहरु आतंकित बन्न पुगेका छन् ।
गौरीले केही समयअघि हेटौंडा कपडा र बीरगन्ज चिनी कारखाना संचालन गर्ने नाममा स्थलगत भ्रमण गरेकी थिइन् । हेटौंडाबाट सुरु भएको सो भ्रमण बीरगंज पुगेर टुंगिएको थियो । उनले भ्रमणका क्रममा कर्मचारीलाई अवमूल्यन हुनेगरी दिएको निर्देशन र कर्मचारीहरुलाई रास्वपाका नेता तथा कार्यकर्तासँग मिलेर काम गर्न भनेको बिषय हाल पनि चर्चा हुने गरेको छ ।
उद्योग मन्त्री गौरीले उद्योगी ब्यवसायीलाई केही समस्या भए मन्त्रालयको ढोका खुल्ला छ भन्दैआएकी छन् । तर मन्त्रालयमा भेट्न आएका उद्योगी ब्यवसायीलाई समय छैन भनेर निजी सचिव सन्ध्यामार्फत् अपमानजनक ढंगले मन्त्रीले फर्काउँदैआएकी छन् । उनको यस्तो डबल स्ट्यान्डर्ड प्रबृत्तिले उद्योगी ब्यवसायीहरु रुष्ट भएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend