काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा छोरीको बोलवाला चल्ने गरेको छ । बिचौलियामुक्त सेवा दिने नारा लगाउँदैआएकी उद्योग मन्त्री गौरीकुमारी यादवले मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण बिभाग वा निकायका सरुवा छोरीको सिफारिसमा गर्ने गरेको खुलासा भएको छ ।
मन्त्री यादवकी छोरी कात्तिका यादव शाखा अधिकृत हुन् । उनी अहिले अमेरिकामा अध्ययनरत छिन् । उद्योग मन्त्रालयमा कार्यरत यादव अध्ययन गर्न अमेरिका पुगेकी हुन् । उनको तलवी अध्ययन बिदा अस्वीकृत गर्ने सचिव कृष्णबहादुर राउत निर्वाचन आयोगमा सरुवा भएर चुनाव सकेर हाल उद्योग मन्त्रालयमै फर्किए ।
उनी फर्केलगत्तै गौरीकुमारी उद्योग मन्त्री भएकी हन् । मुख्यसचिव बन्ने लाइनमा रहेका राउत मन्त्रालयमा मन्त्रीका आज्ञापालकका रुपमा मात्र देखिएका छन् । कर्मचारीको संरक्षण नगरी मन्त्री र उनको सचिवालयले लाए अह्राएको काम गर्नेमा राउत सीमित भएको आरोप छ ।
सचिव कमजोर बन्दा उद्योग मन्त्रालयको प्रशासनिक संयन्त्र इतिहासकै सबैभन्दा कमजोर बन्न पुगेको कर्मचारी नै बताउँछन् । बाणिज्य सचिव रिक्त भएपछि राउतले नै पूरै मन्त्रालय नै चलाउँदैआएका छन् ।
मन्त्री गौरीकी छोरीले अमेरिकाबाटै दिएको निर्देशन पालना गर्न उद्योग मन्त्रालयका कर्मचारीहरुको दैनिकी जस्तै बन्न पुगेको छ । उद्योग बिभाग, मन्त्रालय र अन्य निकायका महत्त्वपूर्ण स्थानमा छोरीकै सिफारिस अनुसार सरुवा र पदस्थापन हुने गरेको छ । त्यसको ज्वलन्त पछिल्लो उदाहरण हो, बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)मा निमित्त कार्यकारी निर्देशकमा डा. दिवाकर लुईटेललाई दिइएको जिम्मेवारी ।
लुईटेल राष्ट्रिय योजना आयोगबाट मन्त्रालयमा सरुवा हुँदै सेजमा पुग्नुमा कात्तिकाकै भूमिकाले काम गरेको छ । कात्तिका केही बर्षअघि राष्ट्रिय योजना आयोगमा कार्यरत थिइन् । मन्त्रीको निजी सचिवमा कम्पनी रजिष्टार कार्यालयबाट काजमा ल्याइएकी उपसचिव सन्ध्या सिग्देल छोरीकै सिफारिसमा परेकी हुन् ।
उद्योग मन्त्रालयमा दरबन्दी नै नहुँदा अनावश्यक रुपमा मन्त्रालयमातहतका निकाय र बाहिरबाट दर्जनौं कर्मचारीहरु काजमा ल्याइएको छ । यस्तो जथाभावी काज गर्न छोरीकै सिफारिसले काम गरेको स्रोत बताउँछ । सरकारले अनावश्यक दरबन्दी कटौती गर्ने र काजमा कार्यरतलाई दरबन्दीमा फर्काउने अभियान चलाए पनि उद्योग मन्त्रालयमा भने ठीक उल्टो भइरहेको छ ।
दिनहुँ सादा कागजमा छोरीको सिफारिसमार्फत् आएका कर्मचारीहरुलाई काजमा झिकाउने काम भइरहेको छ । सचिवले मनपरी काज रोक्नुपर्ने हो, तर मन्त्री रिसाउने त्रासमा राउतले खुरुखुरु सदर गर्दैआएका छन ।
राष्ट्रिय सतर्कता केन्द्रले दरबन्दीबाहेकका कर्मचारीलाई सम्बन्धित कार्यालयमा फिर्ता गर्नका लागि सबै निकायलाई निर्देशन दिए पनि उद्योग मन्त्रालयले भने पालना नगर्न पनि छुट पाउँदैआएको छ । मन्त्रालयले बाणिज्य बिभागको महानिर्देशकमा मोतिराम सापकोटालाई पठाएको छ ।
गण्डकी प्रदेशबाट आएका सापकोटाले महानिर्देशकको काम सुरु गरिसकेका छन् । सेजमा रहेका मेघ शंकरलाई निमित्त दिएको एक महिना नपुग्दै छोरीको आग्रहलाई टार्न नसकी लुइँटेललाई पठाइएको छ । उनी सेजमा हाजिर भए पनि प्रशासनिक र आर्थिक अधिकार पाएका छैनन् । एकातिर बुझ्दै नबुझ्ने र बुझ्न नचाहने मन्त्री, उनकी छोरीको अमेरिकाबाटै हुने गरेको सिफारिस र सल्लाहकार अंकित र गुन्जनको अनुचित दबाबका कारण मन्त्रालय र मातहतका कर्मचारीहरु आतंकित बन्न पुगेका छन् ।
गौरीले केही समयअघि हेटौंडा कपडा र बीरगन्ज चिनी कारखाना संचालन गर्ने नाममा स्थलगत भ्रमण गरेकी थिइन् । हेटौंडाबाट सुरु भएको सो भ्रमण बीरगंज पुगेर टुंगिएको थियो । उनले भ्रमणका क्रममा कर्मचारीलाई अवमूल्यन हुनेगरी दिएको निर्देशन र कर्मचारीहरुलाई रास्वपाका नेता तथा कार्यकर्तासँग मिलेर काम गर्न भनेको बिषय हाल पनि चर्चा हुने गरेको छ ।
उद्योग मन्त्री गौरीले उद्योगी ब्यवसायीलाई केही समस्या भए मन्त्रालयको ढोका खुल्ला छ भन्दैआएकी छन् । तर मन्त्रालयमा भेट्न आएका उद्योगी ब्यवसायीलाई समय छैन भनेर निजी सचिव सन्ध्यामार्फत् अपमानजनक ढंगले मन्त्रीले फर्काउँदैआएकी छन् । उनको यस्तो डबल स्ट्यान्डर्ड प्रबृत्तिले उद्योगी ब्यवसायीहरु रुष्ट भएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend