काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले सेटिङमा सुपारी र केराउको कोटा बितरण गरेको छ । जेनजी आन्दोलनको जगमा बनेको सरकारले सुशासन कायम गर्ने मुख्य दायित्व बिर्सिएर उद्योग मन्त्री अनिलकुमार सिन्हासँग सेटिङमा सुपारी, केराउ र मरिचको कोटा बितरण गरेको आरोप छ ।
मन्त्री सिन्हाले उद्योग बिभागमार्फत् चालु आर्थिक बर्षका लागि २५ हजार मेट्रिक टन सुपारी आयातको कोटा दिएका छन् । केही दिनअघि राजपत्रमा प्रकाशित भएपछि उद्योग बिभागले कोटा बितरणका लागि प्रक्रिया थालनी गर्ने तयारी गरेको छ ।
२०८२ पुस २८ गते राजपत्रमा प्रकाशित सूचना अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र भन्दै केराउ, सुपारी, सेतो र कालो मरीच आयातका लागि अनुमति पाउने उल्लेख गरिएको छ । उक्त सूचनालाई कार्यान्वयनका लागि मन्त्रालयले परिपत्र गरिसकेको छ । बिभागलाई गरिएको परिपत्रबमोजिम निवेदनको ढाँचामा इच्छुक उद्योगहरुले प्रस्ताव पेश गर्न सक्नेछन् ।
उद्योग बिभागको प्रशासन तथा सुविधा शाखाले अहिले उद्योगहरुको निवेदन धमाधम लिने काम गरिरहेको छ । बिभागका महानिर्देशकमा जितेन्द्र बस्नेत बहाली भएपछि सुपारी र केराउसहितको आयात खुल्ला गरिएको हो । अहिले मन्त्री सिन्हाकै निर्देशनबमोजिम आधा दर्जन उद्योगहरुले सुपारी, केराउ र मरिचको कोटा लगिसकेका छन् ।
मन्त्री सिन्हासँगै उठबस भएका उद्योगीहरुले उक्त कोटा पाएको बताइन्छ । उद्योग मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी र बाणिज्यतर्फका सचिव डा. रामप्रसाद घिमिरेको सुझावबिपरीत मन्त्रीकै दबाबमा उक्त सुपारी र केराउको कोटा खोलिएको स्रोत बताउँछ ।
आर्थिक बर्षको सुरुवातमै सुपारी र केराउको कोटा खोल्नुपर्नेमा गतबर्ष कोटा लिएर आयात गर्न नसकेका उद्योगीहरुको दबाब र प्रभावमा मन्त्री सिन्हा परेपछि आर्थिक बर्ष सुरु भएको ६ महिनापछि मात्र नयाँ कोटा खोलिएको हो । यसअघि कोटा पाएकाहरुले आधा पनि आयात गर्न सकेका थिएनन् । गतबर्ष पनि २५ हजार मेट्रिक टन सुपारी र त्यही हाराहारीमा केराउ र मरिच आयातका लागि कोटा बितरण गरिएको थियो ।
यसअघिका बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली र तत्कालीन प्रशासन तथा सुविधा शाखाका निर्देशक अर्जुनसेन ओली, जो हाल मन्त्री सिन्हाकै पर्यटन मन्त्रालयको निजी सचिव छन्, उनकै सेटिङमा कोटा बितरण गरिएको स्रोतको दाबी छ । प्रतिकिलो दररेट नै तोकेर ज्ञवाली र ओलीले सेटिङमा बितरण गरिएको थियो ।
औद्योगिक कच्चा पदार्थका लागि आवश्यक नै नभए पनि बढी कोटा लिएर भारतमा तस्करी गर्ने श्रीराम टोबाको कम्पनीका कमलकिशोर मालपानीसहितका केही उद्योगीहरुको धन्दालाई ज्ञवाली र ओलीले साथ दिएका थिए । सेटिङमा दिइएको कोटामध्येको सुपारी, केराउ र मरिच आधा पनि नेपालमा आएको छैन । तिनै उद्योगीहरुले ६ महिना नयाँ अनुमति दिन रोक लगाएका थिए ।
मन्त्री सिन्हासहित जेनजी सरकारका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसम्म पहुँच पुर्याएर यो बर्षको अनुमति रोक्दैआएका थिए । ६ महिनासम्म नयाँ आयातको कोटा रोक्नका लागि करोडौंको डिल भएको बताइन्छ ।
यसअघिका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमेत नयाँ कोटा रोक्नका लागि निकै नै सक्रिय रहेका थिए । स्रोतका अनुसार उद्योग बिभागका तत्कालीन महानिर्देशक राजेश्वर ज्ञवाली, बाणिज्य बिभागका महानिर्देशक रोशन ज्ञवाली र पूर्वमन्त्री भण्डारीबीच सुपारीको कोटाका बिषयमा पटक–पटक गोप्य भेटघाट भएको थियो ।
उद्योगलाई कच्चा पदार्थका लागि जति आवश्यक पर्छ, त्यो भन्दा धेरै बढी सुपारी र केराउ आयात गर्ने र भारतमा पठाउने गरेको आरोप पनि उद्योगीहरुमाथि लाग्ने गरेको छ । विशेषगरी कमलकिशोर मालपानीले शक्तिकेन्द्रलाई प्रभावमा पारी सुपारीको कोटा बढी लिने र भारतमा तस्करी गर्ने गरेको आरोप लाग्दैआएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend