काठमाडौं । आगामी बैशाख १५ र १६ गते लगानी सम्मेलन हुँदैछ । नेपाली कांग्रेससहितको गठबन्धनको सरकार हुँदै लगानी सम्मेलनको मिति तय भएको हो ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको विशेष अगुवाइमा सरकारले लगानी सम्मेलनको मिति तय गरेको थियो । त्यसबेला नै मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री महतकै संयोजकत्वमा लगानी सम्मेलन आयोजक कमिटी बनाएको थियो ।
संयोजक भएलगत्तै महतले सम्मेलन तयारीका लागि ब्यापक पहल सुरु गरेका थिए । लगानी सम्मेलनका लागि तत्कालीन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको भूमिका सशक्त हुनुपर्नेमा कमजोर देखिएको थियो । उद्योग मन्त्रालयका तत्कालीन सचिव मुकुन्द निरौलाले लगानी सम्मेलनका लागि भएका बैठकहरुमा सहभागिता जनाउनेबाहेक खासै प्रगति हुनसकेको थिएन ।
अर्थमन्त्रीदेखि लिएर उद्योग मन्त्री, उद्योग सचिवसम्म परिवर्तन भए । अहिले लगानी सम्मेलनको तयारी राजनीतिक नेतृत्वलाई लगानी बोर्डलाई बढी लागेको छ । लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयलाई तोकिएको छ । जसका कारण राजनीतिक तहमा भन्दा कर्मचारीबृत्तमा सम्मेलन तयारी सीमित हुन पुगेको छ ।
सम्मेलनमा सहभागी हुनका लागि बहुराष्ट्रिय कम्पनीका संचालकहरुलाई निम्तो गरिएको छ । तर निम्ता गरिएकामध्ये धेरैले सहभागिता जनाउनका लागि इच्छा नदेखाएको बताइन्छ । त्यसो हुनुका मुख्य कारणमा लगानी सम्मेलन गर्न हतार गर्ने सरकारले लगानीको वातावरण बनाउनका लागि विद्यमान ऐन–कानुनहरुमा देखिएका अवरोध हटाउन नसक्नु नै हो ।
विदेशी लगानीका लागि उपयुक्त बातावरण बनाउन दर्जन भन्दा कानुनहरु समयसापेक्ष बनाउनुपर्ने आवश्यकता छ । तर अहिलेसम्म उद्योग मन्त्री दामोदर भण्डारी, कानुन मन्त्री पदम गिरी, अर्थमन्त्री बर्षमान पुनले त्यस सम्बन्धमा ठोस निर्णय लिन सकेका छैनन् ।
संसदको अवरोध कायमै छ । लगानी सम्मेलन आउन १५ दिन पनि बाँकी छैन । तर कानुन संशोधनका लागि मन्त्रिपरिषदमा समेत प्रस्ताव पुगेको छैन । सम्मेलनलाई परिणाममुखी बनाउन यथेष्ट तयारी गर्न ध्यान दिनुपर्ने उद्योग मन्त्री भण्डारी भने संघ संस्थाले आयोजना गर्ने साधारणसभाका उद्घाटनमा ब्यस्त छन् ।
लगानीमैत्री वातावरण बनाउन मूख्य भूमिका खेल्नुपर्ने दायित्व उद्योग मन्त्री र मन्त्रालयको हो । तर अहिलेसम्म सहसचिव जीवलाल भूसालले मन्त्रालयबाहिर हुने लगानी सम्मेलनको तयारी बैठकमा भाग लिनेबाहेक उद्योग मन्त्रालयबाट ठोस कार्य हुनसकेको छैन । आफू र सिंगो मन्त्रालयको टिमलाई लगानी सम्मेलनको तयारीमा केन्द्रित गर्नुपर्नेमा मन्त्री भण्डारीलाई औद्योगिक प्रबद्र्धन बोर्डको बैठक राख्न हतार भएको छ ।
निवर्तमान सचिव मुकुन्द निरौलालाई बोर्डको बैठकको तयारी गर्न निर्देशन दिएका भण्डारीले उनको सरुवापछि आएका सचिव कृष्णबहादुर राउत र बाणिज्यतर्फका दिनेश घिमिरेलाई सोही काममा परिचालन गरेका छन् । स्रोतका अनुसार चैतभित्रै जसरी पनि बोर्डको राख्न निर्देशन दिएपछि मन्त्रालयको कर्मचारी नेतृत्व लगानी सम्मेलनको तयारी छाडेर औद्योगिक प्रबद्र्धन बोर्डको बैठकमा केन्द्रित भएको छ । लगानी सम्मेलनको तयारीलाई छाडेर मन्त्री भण्डारीलाई बोर्ड बैठक राख्न किन हतार भएको हो, त्यो भने बुझिनसक्नु बिषय बनेको छ ।
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend