सर्लाही । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका सर्लाहीका आठ पालिकामा अब दरबन्दी अनुसार स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन नगरपालिकामा उपसचिव र चार गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो ।
एकैसाथ १२२ जना उपसचिवको सरुवापछि ईश्वरपुर नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यालय दोलखाबाट उपसचिव रामप्रसाद पोखरेललाई खटाइएको छ । यसअघि उपसचिवको अभावमा आयूर्वेद शाखाका डा. पङ्कजकुमार साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बागमती नगरपालिकामा लेखा अधिकृत प्रतीत भण्डारीको निमित्त कामको ठाउँमा रक्षा मन्त्रालयबाट उपसचिव इन्द्र गौतम सरुवा भई नियुक्त भएका छन् । सीमावर्ती बलरा नगरपालिकामा शाखा अधिकृत सुशीलकुमार साहको ठाउँमा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव धर्मानन्द जोशी प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटिएका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका उपसचिव कमलबहादुर कार्की महोत्तरीको बलवा नगरपालिकामा सरुवा भएका छन् । लालबन्दी निवासी उपसचिव होमप्रसाद घिमिरे जलेश्वर नगरपालिका महोत्तरीमा सरुवा भइसकेका छन ।
देशभर ९७ जना शाखा अधिकृतको एकसाथ सरुवापछि सर्लाहीका पाँच गाउँपालिकामा धनौजी गाउँपालिका, धनकौल, रामनगर, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका छन् । हालसम्म यी पाँच पालिकामा प्राविधिक, स्वास्थ्यकर्मी र शिक्षा शाखाका कर्मचारीले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
तर, हरिपुर नगरपालिका र विष्णु गाउँपालिकामा अझै निमित्त प्रमुख प्रशासकीय अधिकृत नै कार्यरत छन् । हरिपुरमा शाखा अधिकृत विनय पौडेल, विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका सञ्जीव सापकोटा निमित्त जिम्मेवारीमा कार्यरत छन् ।
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
सुयोग शर्मा काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् ।...
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend