सर्लाही । राज्यबाट पाउनुपर्ने अनुदान रकम नदिएपछि सर्लाहीका उखु किसान मंगलबार सडकमा उत्रिएका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटै चिनी मिलअगाडि किसानहरूले टायर बालेर आक्रोश पोखेका हुन् ।
हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैता–९ मा रहेको महालक्ष्मी सुगर मिल र धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन् । किसानहरूले ‘अनुदानको बाँकी ३५ रुपैयाँ फिर्ता गर’, ‘कटौतीको निर्णय खारेज गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए ।
राज्यले अघिल्लो वर्षको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ अझै बाँकी राखेको र चालु आर्थिक वर्ष २०८२–०८३ को बजेटमै उक्त अनुदान कटौती गरेको भन्दै किसानहरू आन्दोलित बनेका हुन् ।
गोडैतामा भएको प्रदर्शन उखु उत्पादक संघ, सर्लाहीले आयोजना गरेको थियो । प्रदर्शनमा सहभागी किसानहरूले सरकारसँग दुईवटा माग राखेका छन्–पहिलो, अघिल्लो वर्षको बाँकी ३५ रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने र दोस्रो, चालु वर्षको ७० रुपैयाँ अनुदान सुनिश्चित गर्नुपर्ने । यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको चेतावनी छ । माग सम्बोधन नभए आन्दोलनको केन्द्र काठमाडौं बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले राज्यले अनुदान कटौती गरेर किसानलाई मार्न खोजेको आरोप लगाए । उखुलाई पनि अन्य बालीसरह पकेट जोन घोषणा गरेर प्रोत्साहन दिनुपर्ने माग गर्दै बलरा नगरप्रमुख रामाशंकर कुशवाहाले राज्यले किसानको घाउमा नुन छर्किएको टिप्पणी गरे ।
केन्द्रीय उखु उत्पादक संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीका अनुसार किसानको १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम अझै राज्यबाट बाँकी छ ।
‘उखुको पैसा नपाउँदासम्म आन्दोलन जारी राखिन्छ’ आन्दोलनकारी किसानहरूको भनाइ छ ।
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend